दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार ११:२९:५१
११ वैशाख, घोराही 'दाङ' । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोपेका छन्। चैते धानले उनको जीविकोपार्जनमा सहयोग भएको छ । हरेक वर्ष आम्दानी बढेपछि चैते धानखेतीलाई निरन्तरता दिएको उनी बताउँछन् ।
बर्सेनि चैते धान रोप्दै आउनुभएका घर्तीले हिजो रोपाइँ ससेका हुन् । उनले भने, “सिँचाइको सुविधा छ, उत्पादन पनि मनग्ये हुने भएकाले पहिलेदेखि नै चैते धानखेती गर्दै आएका छौँ ।” चैते र बर्खे धान गरेर वर्षमा दुई बाली धान र एक बाली गहुँखेती गर्दै आउनुभएका घर्तीले बर्खे धानको तुलनामा चैते धान अधिक फल्ने बताए । उनले यस वर्ष ११ रोपनी क्षेत्रफलमा धान रोपेका छन्।
बङ्गलाचुलीका अर्का किसान मुगा डाँगी पनि अहिले चैते धान रोप्न व्यस्त छन् । चार रोपनी जग्गामा रोपाइँ जारी छ । थोरै जमिनबाट धेरै उत्पादन लिन पनि आफूले प्रत्येक वर्ष धानखेती गर्दै आएको उनले बताए । स्थानीय सरकारबाट सहयोग नभएको गुनासो गर्दै उनले त्यसो भएमा उत्पादन बढाउन सहज हुने बताए ।
चैते धानबाट प्रशस्त आम्दानी हुने भएपछि आफूलगायत गाउँका अधिकांश किसानले चैते धान लगाउँदै आएको उनी बताउछन् । वर्षमा दुई बाली धानखेती गर्ने स्थानीयवासीले बर्खेभन्दा चैते धानबाट धेरै आम्दानी गर्ने गहतेरा निवासी चूर्ण डाँगी बताउँछन् । चैते धान प्रवर्द्धन गर्न स्थानीय वा प्रदेश सरकारले अनुदानको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ ।
कृषि ज्ञान केन्द्रका अनुसार घोराही उपमहानगरपालिका– १, बङ्गलाचुली गाउँपालिका–३ र ४ सँगै देउखुरीका केही स्थानमा चैते धानखेती हुने गरेको छ । जिल्लामा करिब दुई हजार पाँच सय हेक्टरमा चैते धानखेती हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
पुष ११, २०८१ बिहिबार
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
पुष ११, २०८१ बिहिबार
व्यवसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले तीन उपकुलपतिलाई गराए शपथ
पुष १२, २०८१ शुक्रबार
दशगजा वारिपारि पहेंलपुर तोरीबारी
पुष १२, २०८१ शुक्रबार
हिंसाले पाकिस्तानको कुर्रममा स्वास्थ्य सेवाको चरम अभाव, ५० बालबालिकाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी
पुष १२, २०८१ शुक्रबार
नौ रुपैयाँको नुन किन्न पच्चीस सय खर्च !
पुष १२, २०८१ शुक्रबार
घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार