कर्णालीमा मन्त्रालयको भागबण्डामै सकस, आज सानो आकारको मन्त्रीमण्डल बन्ने
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार १०:३६:५०
१२ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा दलहरूबीच भागबन्डा नमिलेर मन्त्रिपरिषद बन्न सकेको छैन । आज सानो मन्त्रिपरिषद बनाएर मुख्यमन्त्री यमलाल कँडेलले बिहीबार विश्वासको मत लिने तयारी गरेका छन् । त्यसअघि कँडेलले सानो आकारको मन्त्रिमण्डल आज गठन गर्ने भएका हुन् ।
आज मुख्यमन्त्री कँडेलले एमाले र माओवादी केन्द्रका एक/एक सहभागी गराएर मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । कर्णाली प्रदेशमा नेकपा माओवादीका तर्फबाट कर्णसिंह परियार मन्त्री बन्ने भएका छन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले परियारलाई सरकारमा पठाउने निर्णय गरेको हो । अन्य मन्त्रालयको टुंगो लागेको छैन ।
आज माओवादीको तर्फबाट परियारलाई पठाउने, मन्त्रालय र बाँकी मन्त्रीको टुंगो मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत लिइसकेपछि थप विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिएपछि मन्त्रिमण्डललाई पूर्णता दिने बताएका छन् । आज एमालेका तर्फबाट पनि एक जना मन्त्रिमण्डलमा सहभागी हुने एमाले कर्णाली प्रदेश संसदीय दलले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार