लुम्बिनी विकास कोषले देखायो हदैसम्मको लापरवाही, अहिलेसम्म फेरिएन च्यातिएको झण्डा
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार ११:०:१०
१२ वैशाख, लुम्बिनी । लुम्बिनी विदेशी पर्यटकहरूको आकर्षको केन्द्र हो । यहाँ विभिन्न देशबाट भ्रमणका लागि पर्यटकहरू आइपुग्छन् । विदेशी मात्र हैन, स्वदेशीका लागि पनि घुम्नका लागि लुम्बिनी आकर्षक ठाउँ हो । तर, पर्यटकको आकर्षणका लागि राखिएको नेपाली झण्डाको अवस्थाले भने नेपाल र नेपालीकै बेइज्जत गराएको छ ।
लुम्बिनी विकास कोषको यो हदसम्मको लापरबाहीले गर्दा विश्वमा नेपालको शिर निहुरिएको छ । यहाँ आएर फर्किएका हरेका पर्यटकले आफ्नो देशमा पुगेपछि नेपालको झण्डाबारे बे बयान गर्लान् यो कुनै पनि सरकारी पक्षले सोचेको छैन । लामो समयदेखि नेपालको झण्डा च्यातिएर फरफराइ रहेको छ । यो दृष्य सबैले देखिरहेका छन् ।
लुम्बिनी विकास परिषदको केन्द्रीय नहर स्थित मण्डलमा राखिएको नेपालको झण्डा च्यातिएको अहिले हैन । लामो समय भइसकेको छ । यहाँ थरिथरिका पर्यटनमन्त्रीहरु आइपुगे तर, यो झण्डाको अवस्था फेरिएको छैन । पर्यटकलाई लक्षित गरि यस क्षेत्रकै ठूलो झण्डाको रुपमा बनाइए पनि लुम्बिनी विकास कोषले लामो समयदेखि न त च्यातिएको झण्डा फेर्न सकेको छ, न त झण्डा राखिएको पाइप पेन्ट नै गर्न सकेको छ ।
पर्यटकीय केन्द्रको रुपमा यहाँ लुम्बिनी आउने पर्यटकले सेल्फी र फोटो खिची जाने गरेका छन । त्यो सेल्फीमा च्यातिएको झण्डा आउँछ । कति पर्यटकहरूले फोटो खिच्दा नै नेपालको खिस्सा उडाउँछन् । यसको प्रदेश सरकारको पनि ध्यान गएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार