प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार १०:९:३९
१३ वैशाख, म्याड्रिड । प्रिमियर लिगका खेलाडीहरु फेरी एक पटक बलात्कारको मुद्दामा फसेका छन् ।
दुई खेलाडीमाथि बलात्कार र कुटपिट गरेको आरोप लागेको छ । प्रहरीले रंगशालामा छापा मारेर खेलाडीलाई पक्राउ गरी सोधपुछ गरेको थियो । उनको सूचनामा उनका साथी खेलाडीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । सोधपुछ पछि दुवै जना धरौटीमा रिहा भए पनि प्रहरीले दुवैलाई अभियुक्त बनाएको जनाइएको छ ।
जसका लागि दुवै खेलाडी खेल्छन् ,त्यस क्लबले पनि खेलाडीलाई कारबाही गर्ने संकेत गरेको छ तर कारबाही कहिले र के गर्ने ? यो अझै स्पष्ट भएको छैन। तर, मुद्दाको अनुसन्धान जारी रहेकाले उनीहरूको नाम भने खुलाइएको छैन ।
पक्राउ परेका दुई खेलाडीलाई मुद्दाको अनुसन्धानको नतिजा नआउन्जेल निलम्बन गरिएको हो वा होइन भन्ने पनि स्पष्ट भएको छैन। क्लबका प्रवक्ताले घटना अहिले प्रहरीको हातमा रहेकोले यस विषयमा क्लबले कुनै प्रतिक्रिया नदिने बताए ।
मिडिया रिपोर्टका अनुसार कथित बलात्कार शुक्रबार राति भएको थियो। पीडितले घण्टौं पछि प्रहरी अधिकारीहरूलाई सम्पर्क गरे र बलात्कार र आक्रमणको औपचारिक उजुरी दर्ता गरेका थिए । मेडिकलमा बलात्कार भएको पुष्टि भए पछि प्रहरीले १९ वर्षीय फुटबल खेलाडीलाई रंगशालाबाट पक्राउ गरेको थियो । सोधपुछ गरी रातभर लकअपमा राखे ।
उनका १९ वर्षीय साथीलाई भोलिपल्ट पक्राउ गरिएको थियो । दुवैमाथि बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । थप सोधपुछका लागि बोलाए पछि उपलब्ध हुने सर्तमा प्रहरीले दुवै खेलाडीलाई धरौटीमा रिहा गरेको हो । क्लबको अनुमति लिएर मात्रै रंगशाला प्रवेश गरेपछि प्रहरीले दुवै खेलाडीलाई पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी
बैशाख २२, २०८१ शनिबार
कप्तान रोहित बने 'प्लेयर अफ द सिरिज'
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा देखाएको छः महासचिव पोखरेल
बैशाख २२, २०८१ शनिबार
बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी
बैशाख २२, २०८१ शनिबार
बेलायत पठाइदिन्छु भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ
बैशाख २२, २०८१ शनिबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
नेपाललाई हिन्दू गणराज्य घोषणा गर्न माग
बैशाख २२, २०८१ शनिबार
लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट, माग धान्नै मुश्किल
बैशाख २२, २०८१ शनिबार