विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार १६:३३:४९
१३ वैशाख, काठमाडौं । आज विश्व औलो दिवस । ‘औलोविरुद्धको लडाइँलाई तीव्रता दिऔँ, समतामूलक पहुँचको सिर्जना गरौँ’ भन्ने मूल नाराका साथ दिवस मनाउन थालिएको हो ।
जनस्वास्थ्य कार्यालय काठमाडौंले आज औलो दिवसका अवसरमा सञ्चारकर्मीसँग गरिएको अन्तरक्रियामा कार्यालयका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले औलोको प्रकोप जोखिम घटे पनि सतर्कता अपनाउनुपर्नेमा जोड दिए । उनले मुलुकमा औलोका बिरामी कम भए पनि विदेशबाट आएकालाई परीक्षण गर्दा देखिएको गरेको बताए ।
उनका अनुसार आर्थिक वर्ष २०८०/८१ काठमाडौंमा जिल्लामा १७ जना औलोका नयाँ बिरामी देखिएको छन् । “यहाँ औलोको जोखिम छैन । तर विदेशबाट आएका मानिसले औलो रोग ल्याएर आउन सक्छन्”, उनले भने, “दक्षिण अफ्रिकालगायत देशबाट आएका मानिसमा परीक्षण गराउँदा औलो देखिएको छ ।”
सरकारले सन् २०२५ सम्ममा औलोमुक्त नेपाल बनाउने अभियानका साथ नेपाल औलो रणनीतिक योजना २०१४–२०२५ सञ्चालन गरेको छ । सोहीअनुसार सन् २०२३, २०२४ र २०२५ भित्रमा स्थानीय तहमा औलो बिरामीको सङ्ख्या शून्यमा झार्ने र औलोको स्थानीय सर्ने दर शून्यमा पार्ने लक्ष्य लिएको छ । सरकारले सन् १९९४ देखि औलो उन्मूलन गर्ने अभियान सञ्चालन गरे पनि अहिलेसम्म नेपाल औलोमुक्त मुलुक बन्ने सकेको छैन ।
जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रविना कर्मचार्यले चन्द्रागिरि नगरपालिका–४ बाहेक काठमाडौंका कुनै पनि वडा औलोका जोखिम नभएको बताइन् । “चन्द्रागिरि नपा–४ मा एक दुई वटा औलोका बिरामी देखिएर कम जोखिम भएको छ”, उनले भने, “ती वडाको कूल जनसङ्ख्याको ५ प्रतिशत जनसङ्ख्या अलि कम जोखिममा हामीले राखेको छौँ ।”
काठमाडौं जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा १३ जना, २०७९/८० मा १७ र २०८०/८१ मा पनि १७ जनामा औलोका बिरामी देखिएको उनको भनाइ छ । यस्तै कोशी प्रदेशमा १३ जना, मधेस प्रदेशमा ७५ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा दुई सय ३३, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा एक सय ७६ जनामा औलो देखिएको छ ।
औलो एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको सरुवा रोग हो । औलो लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा रगतसँगै औलोको परजीवी चुस्दछ र लामखुट्टे सङ्क्रमित हुन जान्छ । त्यसता संक्रमित लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा औलो सर्दछ ।
औलो रोग सर्ने तरिका
गर्भमा रहेको बच्चामा बिरामीलाई रगत दिँदा वा रगत दान गर्ने व्यक्तिमा औलो रोग छ भने औलो बिरामीमा प्रयोग गरिएका खोप निर्मलीकरण नगरी स्वस्थ व्यक्तिमा प्रयोग गरिएमा औलो रोग सर्ने सम्भावना हुन्छ ।
औलोका लक्षण
जनस्वास्थ्य कार्यालयका प्रमुख डा सापकोटाका अनुसार लामुखुट्टेले टोकेको एक हप्तापछि औलोका लक्षण देखिन्छन् । उनका अनुसार टाउको दुख्नु, थकाइ लाग्नु, वाकवाकी लाग्नु, अत्यधिक जाडो हुनु, ज्वरो आउनु, बान्ता हुनु र जीउ दुख्नु यसका लक्षण हुन् ।
रोकथाम र नियन्त्रणका उपाय
लामखुट्टेको प्रजनन कम गर्ने, आयु छोट््याउने वा घनत्व कम गर्ने, मानिस र लामखुट्टेको सम्पर्कलाई कम गर्ने उपाय अपनाउनु पर्दछ । औलोविरुद्धको औषधि नरहेकाले लामखुट्टेको रोकथाम नै यसको उपचार हो ।
लामखुट्टेका लार्भा घटाउन लार्भा खाने माछा पाल्ने वा औषधि छर्कने, लार्भा मार्ने जस्तै तेल, रसायन तथा लुगा वा छालामा लामखुट्टे भगाउने औषधि प्रयोग गर्ने, यसबाट बच्न रातमा सुरक्षात्मक लुगा लगाउने, झुलको प्रयोग गर्ने र कीटनाशक विषादी भएको धूप प्रयोग गरेर लामखुट्टेको नियन्त्रण गर्ने तथा सधैं झुल टाँगेर सुत्ने गर्नुपर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटीहानी आगलागी पिडितका लागि विशेष राहतको माग
बैशाख २१, २०८१ शुक्रबार
डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
जनकपुर–जयनगर रेलसेवा आजदेखि ३ दिनका लागि बन्द
बैशाख २३, २०८१ आइतबार
आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरी आउन सक्ने
बैशाख २३, २०८१ आइतबार
जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै
बैशाख २३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २३, २०८१ आइतबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार