म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार २१:३९:५९
१३ वैशाख, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सर्वाधिक पुरुस्कार राशिको पुख्र्यौली नाच प्रतियोगिता सुरुआत भएको छ । मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचारप्रसारका लागि पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरिएको हो । भूमे पूजाको अवसरमा अन्नपूर्ण गाउँपालिका–२ को वडा कार्यालयले भुरुङ गाउँमा आज देखि आयोजना गरेको प्रतियोगितामा विभिन्न १२ समूहले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख, दोस्रो हुनेलाई रु ७५ हजार र तृतीय हुनेलाई रु ६० हजारको साथमा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने प्रतियोगिताका मूल संयोजकसमेत रहनुभएका वडा अध्यक्ष ओमप्रसाद फगामीले जानकारी दिए ।
उनका अनुसार, प्रतियोगितामा उत्कृष्ट मादले नाच, मारुनी नाच, हाइ मार्ने समूह, भाका तथा शब्द छनौट, पोशाक, अनुशासनको विद्यामा नगद प्रमाणपत्रद्वारँ पुरस्कृत गरिने छ ।
पुख्र्यौली नाच पुन मगर समुदायमा पुर्खौ देखि चलिआएको पाइन्छ, पछिल्लो समय यो नाचयुवा पुस्ताले अगाडी बढाउन नसक्दा हराएर जाने जोखिम बढेको थियो, नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने माध्ययमका रुपमा हामीले यो प्रतियोगिता अघि बढाएका हौँ’’–अध्यक्षफगामीले भने । प्रतियोगितामा सहभागि पुख्र्यौलीनाचहरुमा अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, आमा समूह, युवायुवति, बालबालिका र बृद्धबृद्धा समेतले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको पहिलो दिन अन्नपूर्ण गाउँपालिका –१ दोवा, २ नम्बर वडा भुरुङ र ४ नम्बर वडा नारच्याङ लेक गाउँको पुख्र्यौली समूहको प्रस्तुती राखिएको आयोजकले जनाएको छ । तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितालाई सफल बनाउन अन्नपूर्ण गाउँपालिकाले रु तीन लाख सहयोग गरेको छ । स्वदेश तथा विदेशमा रहेका भुरुङता तोपानीवासीको नेतृत्वमा प्रतियोगिता सम्पन्न गर्न रु १९ लाख बढी सहयोग जुटेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष भारतकुमार पुनमगरले समुदायको सांस्कृतिक पहिचानको रुपमा रहेको पुख्र्यौली नाच अन्तरपुस्ता हस्तान्तरणको लागि प्रतियोगिताले सहयोग पुग्ने बताए । उनले आगामी वर्षको नीति तथा कार्यक्रममा कला संस्कृति र सांस्कृतिक क्षेत्रलाई प्राथमिकता राखिने बताउँदै मौलिक कला र संस्कृतिको विकास, प्रवर्द्धन र प्रचारप्रसार गरिने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले पर्यटकीय सम्भावनाले भरिपूर्ण अन्नपूर्ण गाउँपालिकामा रहेका कला र संस्कृतिलाई सांस्कृतिक पर्यटनको माध्यमबाट स्थानीयको आयआर्जन वृद्धि र जीवनस्तर सुधारमा गाउँपालिकाले जोड दिएको बताए । अन्नपूर्ण गाउँपालिका स्थापना भएपछि पहिलो पटक आयोजना गरिएको पुख्र्यौली प्रतियोगिताले भुरुङ गाउँमा सांस्कृतिक उत्सव छाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको मौसम : पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरी आउन सक्ने
बैशाख २३, २०८१ आइतबार
कैलालीको गौरीगंगामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
बैशाख २२, २०८१ शनिबार
कालिञ्चोक भगवती दर्शन गर्न गएका वृद्धको मृत्यु
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
सयको नोटमा चुच्चे नक्सा राख्नेबारे भारतको टिप्पणी- 'धरातलीय यथार्थ परिवर्तन हुँदैन'
बैशाख २३, २०८१ आइतबार
लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित
बैशाख २३, २०८१ आइतबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख २३, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि पेसी
बैशाख २३, २०८१ आइतबार
गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी
बैशाख २३, २०८१ आइतबार
ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो
बैशाख २३, २०८१ आइतबार