अवैध ठहरियो एनसेलको कारोबार, शेयर बिक्री प्रक्रिया अस्वीकृति
एनसेललाई शेयर बिक्री अस्वीकृत भएको पत्र पठाएपछि कुनै निर्देशन दिने वा जवाफ माग्न आवश्यक नभएको प्राधिकरणको ठहर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार ११:२८:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/ncell_vAyfcNIily_qvfhghw4S2.png)
१३ वैशाख, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले गत मंसिरमा गरेको शेयर खरिदबिक्रीको कारोबार कानुन सम्मत नभएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले अस्वीकृत गरेको छ । गत मंसिर १५ मा एनसेलको ८० प्रतिशत शेयर मलेसियाको आजिएटा बर्हाद समूहले बेलायतको स्पेक्ट्रलाइटलाई जम्मा ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गरेको थियो ।
१ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरेको शेयर स्वामित्व आजिएटाले सतीशलाल आचार्यको स्पेक्ट्रलाइट यूकेलाई विभिन्न सर्त राखेर बिक्री गरेको थियो । यसपछि यो शेयर खरिदबिक्रीको विषयमा विवाद उत्पन्न भएको थियो । नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई जानकारी नै नदिई शेयर विक्री गर्दा पनि प्राधिकरणले लामो समयसम्म शेयर बिक्रीको कारोबार कानुन सम्बत हो कि होइन भन्न सकेको थिए ।
एनसेलले कम मूल्य देखाएर राजश्व ठग्न गैरकानुनी रुपले शेयर विक्री गरेको भन्दै चौतर्फी आलोचना भएको थियो । शेयर विक्री गर्दा भएका सबै किसिमका कागज मगाएर अनुसन्धान गरेपछि एनसेलको शेयर विक्री प्रक्रिया कानुन सम्मत नदेखिएको प्राधिकरणको भनाइ छ । प्राधिकरण उच्च स्रोतका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति दिएका व्यक्तिको शेयर खरिद–बिक्री विनियमावली, २०७६, दूरसञ्चार ऐन र नियमावली एवं अनुमतिपत्रको सर्तमा नै शेयर खरिद–बिक्रीबारे प्राधिकरणलाई जानकारी दिएर पूर्व स्वीकृति लिनुपर्ने स्पष्ट उल्लेख छ तर, यो प्रक्रिया एनसेलले पुरा गरेको नभेटिएकाले यो कारोबारलाई अस्वीकृत गरिएको हो ।
वैशाख १५ मा एनसेलले शेयर विक्री गरेको ६ महिना पुग्दैछ । यसको चार दिन अगाडि दूरसञ्चार प्राधिकरणले एनसेललाई पत्र पठाउँदै यथास्थितिमा खरिद–बिक्रीलाई स्वीकृति दिन नमिल्ने जानकारी दिएको छ । अब एनसेलको यो कारोबार अवैध ठहरिएको छ । प्राधिकरणले संसदका समिति, विज्ञ, प्रचलित कानुन र उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनअनुसार शेयर अस्वीकृत गर्ने निर्णय गरिएको जनाएको छ ।
प्राधिकरणका अनुसार आजिएटा समूहले बेलायतस्थितआजिएटा यूकेअन्तर्गत एनसेलमा रहेको रेनल्ड होल्डिङ्सको ८० प्रतिशत शेयर स्वामित्व स्पेक्ट्रलाइट युकेलाई बेचेको र यसो गर्दा नेपालमा एनसेलको शेयर लागत परिवर्तन नभएकाले पूर्व अनुमति आवश्यक नदेखिएको भन्ने तर्क कानुन अनुसार थिएन । एनसेलमा पहिले रेनल्ड होल्डिङ्सको ८० प्रतिशत र सुनिभेरा भेन्चरको २० प्रतिशत शेयर थियो । दूरसञ्चार प्राधिकरणले कारोबार अस्वीकृत गरेपछि अहिले सोही अवस्थामा कायम भएको छ ।
एनसेलको शेयर कारोबार पनि विदेशमा नै भएको थियो । नेपालका सरकारी निकायलाई जानकारी नदिइ विक्री कारोबार गरेको भन्दै सरकारले मंसिर २९ मा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा गठित समितिले माघ १५ मा बुझाएको प्रतिवेदनमा अहिलेकै अवस्थामा एनसेलको शेयर खरिद–बिक्री कारोबार स्वीकार्न नमिल्ने जनाएको थियो । समितिले प्राधिकरण, राजस्व अनुसन्धान विभाग, राष्ट्र बैंक लगायत निकायलाई कारोबार अवैध भएको भने पनि प्राधिकरणले निर्णय गर्न सकेको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयल निगमद्वारा इन्धनको मूल्य समायोजनः पेट्रोलको बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
फागुन ३, २०८१ शनिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार