आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार १७:५५:१६
१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण गर्न प्रभावकारी उपायहरू अवलम्वन गर्न आग्रह गर्दै आगलागीबाट पीडित परिवारजनहरूलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोवासको यथोचित माग गर्न माग गरेका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले सरकारसँग राहत र क्षतिपूर्तिको माग गर्दै आगलागी प्रभावित जिल्लाका कांग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहमा एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका साथीहरूलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनको कार्यमा सहयोग पुर्याउन निर्देशन दिएका छन् ।
कांग्रेसको विज्ञप्ति
हालै देशका महोत्तरी, खोटाङ, बाग्लुङ, पर्वत, गुल्मी, डोल्पा लगायतका जिल्लाहरुमा व्यक्तिका घर तथा वनमा आगलागीका कारण केही व्यक्तिको मृत्यु, सयौं व्यक्ति घाइते, सयौं चौपायाको मृत्यु, घर, खाद्यान्न, लत्ता कपडा लगायतका भौतिक सम्पत्ति पूर्ण रुपले जलेर नष्ट तथा क्षति भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । आगलागीको यो घटनाका कारण आफ्नो आवास गृह सहित धनसम्पत्ति गुमाउनु भएका परिवारजनहरुप्रति सभापति देउवाले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक सहानुभूति प्रकट गर्नु भएको छ ।
सभापति देउवाले— आगलागीमा परी जीवन गुमाउनु भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नु भएको छ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।
आगलागी भएका क्षेत्रहरूमा तत्काल आगलागी नियन्त्रण गर्न प्रभावकारी उपायहरू अवलम्वन गर्न सरकारसँग आग्रह गर्दै आगलागीका कारण जलेर घाइते हुन पुगेकाहरूको उचित उपचारको प्रबन्ध तथा घरवारविहीन हुन पुगेका पीडित परिवारजनहरूलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोवासको यथोचित प्रवन्ध गर्न सभापति देउवाले सरकारसँग जोडदार माग गर्नु भएको छ ।
आगलागी प्रभावित जिल्लाका नेपाली कांग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहमा एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका साथीहरूलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनको कार्यमा सहयोग पुर्याउन निर्देश गर्नु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
मंसिर ५, २०८१ बुधबार
उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
अन्डरकभरको एजेन्ट भन्दै रकम ठगी गरेको आरोपमा डाक्टर आशिष दाहाल पक्राउ
मंसिर ५, २०८१ बुधबार
सहारा सहकारी ठगीमा संलग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार
के तपाई घाँटीको संक्रमणबाट हैरान हुनुहुन्छ ?
मंसिर ५, २०८१ बुधबार
तिलकले आईसीसी वरीयतामा सूर्यकुमारलाई पछि पार्दै आफ्नो स्थान कब्जा गरे
मंसिर ५, २०८१ बुधबार