मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति
नेपालबहस संवाददाता
बैशाख १५, २०८१ शनिबार २१:२८:५६
१५ वैशाख, तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र पश्चिमखण्डमा २३ प्रतिशत प्रगति भएको छ । पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वीखण्डमा ५६ र जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा २३ प्रतिशत प्रगति भएको आयोजना जानकारी दिए ।
पाण्डेका अनुसार आयोजनाअन्तर्गत पूर्वीखण्डको निर्माणको म्याद गत वैशाख २ गते सकिएको छ भने पश्चिम खण्डको म्याद चार महिना बाँकी छ । विविध कारणले काममा ढिलाइ भए पनि केही समयका लागि म्याद गर्ने तयारीका साथ आयोजनाका बाँकी कामलाई निरन्तरता दिइएको पाण्डेको भनाइ छ । यो खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरूभएको थियो । पूर्वीखण्डमा निर्माणको काम चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले गरिरहेको छ ।
सो खण्डअन्तर्गत आँबुखैरेनी, बन्दीपुर, व्यासका विभिन्न ठाउँमा गरी १८ किलोमिटर दुईतर्फी र नौ किलोमिटर एकतर्फी सडक कालोपत्र भइसकेको छ । पश्चिम खण्डको जामुनेदेखि पोखरासम्मको ३८ किलोमिटर दूरीमध्ये हालसम्म नौ किलोमिटर एकतर्फी कालोपत्र सकिएको र यस अण्डमा २० किलोमिटर सडक छ लेनको हुने इन्जिनियर नारायण पौडेलले जानकारी दिए । उनका अनुसार पश्चिमखण्डका तनहुँको म्याग्देखोला, कुम्लेखोला, कोत्रेको सेती नदी र विजयपुलमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माणको काम अगाडी बढाइएको छ । यस खण्डमा निर्माण अवधि विसं २०८१ भदौ १२ गतेसम्म छ । यो खण्डमा निर्माणको काम चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले गरिहरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
मंसिर १०, २०८१ सोमबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार