वेस्ट इन्डिज ए ले टस जित्यो, पहिलो बलिङमा नेपाल
नेपालबहस संवाददाता
बैशाख १६, २०८१ आइतबार १२:१२:२८
१६ वैशाख, काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको टी–२० सिरिजको दोस्रो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेलमा वेस्ट इन्डिज ए ले टस जितेको छ । वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।
यसअघि शनिबार सम्पन्न खेलमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १–० को अग्रता हासिल गरेको छ । नेपाली टिमले आजको खेलमा पाँच परिवर्तन गरेको छ । आज लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकाल प्लेइङ ११ मा समावेश रहेका छन् ।
नेपालको प्लेइङ ११ – रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द, लोकेश बम र सागर ढकाल ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘नो केन’ले उखु ‘क्रसिङ’ प्रभावित
पुष २, २०८१ मंगलबार
तत्काल अन्य पार्टीसँग एकताको सम्भावना छैन: एकीकृत समाजवादी
पुष २, २०८१ मंगलबार
दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम पाँच वर्षमा पनि पूरा भएन
पुष २, २०८१ मंगलबार
विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा
पुष २, २०८१ मंगलबार
महिला एसिया कपमा आज भारतसँग खेल्दै नेपाल
पुष २, २०८१ मंगलबार
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
पुष २, २०८१ मंगलबार