सिरहाका १३ पालिका दमकल विहीन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १६, २०८१ आइतबार १४:२२:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/Damkal_20211115103525_hKgfIOKFZe_3JO8T1TDZ0.jpg)
१६ वैशाख, सिरहा । सिरहाका १७ पालिकामध्ये चार पालिकामा मात्र दमकल रहेका छन् । नेपाल रेडक्रस सोसाइटीका अनुसार जिल्लाका चार नगरपालिकामा मात्र दमकल सेवा रहेको छ ।
यहाँका लहान, सिरहा, गोलबजार र मिर्चैया नगरपालिकामा मात्र दमकल सेवा उपलब्ध रहेको रेडक्रस जिल्ला शाखाका सभापति राजदेव यादवले जानकारी दिए । आगलागीका घटनामा ठूलो धनजनको क्षति हुँदै भए पनि दमकल खरिदमा जिल्लाका पालिकाले चासो दिन नसकेको उनको भनाइ छ ।
सहरी क्षेत्रको आगलागी नियन्त्रणमा प्रयोग हुने सबैभन्दा उपयोगी साधन दमकल भए पनि यहाँका नौवटै गाउँपालिकामा दमकल छैन भने बाँकी चार नगरपालिका पनि दमकलविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणले पनि सहरी क्षेत्रका घरमा हुने आगलागीका ९५ प्रतिशत घटना दमकलको सहयोगमा नियन्त्रणमा आएको देखाउँछ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले विपद् व्यवस्थापनका लागि अत्यावश्यक उपकरण दमकल सञ्चालनको जिम्मा स्थानीय तहलाई नै दिएको छ । त्यसअन्तर्गत पनि दमकल तयारी अवस्थामा राख्ने महत्वपूर्ण जिम्मेवारी स्थानीय तहको हो । राष्ट्रिय विपद् व्यवस्थापन तथा प्राधिकरण ऐन, २०७४ ले पनि दमकललगायतका उपकरण तयारी हालतमा राख्ने जिम्मा स्थानीय तहलाई नै सुम्पिएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को व्यवस्थाअनुसार जिल्लास्तरमा विपद् व्यवस्थापनसम्बन्धी कार्यका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा स्थानीय पालिकाको अध्यक्ष तथा प्रमुख, जिल्ला समन्वय समितिको प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको जिल्ला विपद् व्यवस्थापन समिति रहने व्यवस्था रहेको छ ।
सम्भावित विपद् प्रतिकार्यका लागि पूर्वतयारीको अवस्था र दमकलको स्थितिका बारेमा बुझ्न खोज्दा सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले आफू जानकार नरहेको बताए । पूर्व–पश्चिम महेन्द्र राजमार्ग तथा सदरमुकाममा दमकल केन्द्रित हुँदा जिल्लाकै हुलाकी मार्गमा भने दमकल सेवा नहुँदा आपतविपद् पर्दा टाढाटाढाबाट दमकल पुग्नुपर्ने अवस्था रहेको जिल्ला समन्यव समितिका प्रमुख दिनेशकुमार महतोको भनाइ छ ।
“गाउँपालिका तथा विशेष गरी हुलाकीमार्गमा दमकल सेवा नहुँदा बढी नै जोखिम रहेको छ, जिल्ला विपद् व्यवस्थापन समितिमार्फत हामीले मधेस प्रदेश सरकारका मुख्यमन्त्रीलाई समेत आवश्यक दमकल उपलब्ध गराइदिन आग्रह गरिसकेका छौं”, सभापति महतोले भने, “मुख्यमन्त्रीज्यूले पनि यसै वर्ष दुई दमकल खरिद प्रक्रिया अघि बढाइएको र सोमध्ये एउटा सिरहालाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।”
सभापति महतोका अनुसार प्रदेश सरकारले उपलब्ध गराउने भनिएको दमकल जिल्लाको हुलाकी मार्गलाई मध्यनजर गरी बरियारपट्टी गाउँपालिकामा राखिनेछ । दमकल अत्यावश्यक भए पनि हालसम्म खरिद गर्न नसकिएको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले बताए ।
“दमकल अत्यावश्यक छ, हुलाकी मार्गका कुनै पनि गाउँपालिकामा दमकल सेवा नहुँदा जोखिम बढी भएको छ, पालिकासँग दमकल खरिद गर्ने र व्यवस्थापन गर्नसक्ने क्षमता छैन, राज्यले दमकल खरिदमा अनुदानसमेत दिएको छैन”, अध्यक्ष महतोले भने, “प्रदेश सरकारले दमकल उपलब्ध गराउने कुरा सुन्नमा आएको छ, यदि त्यसो भएमा यस भेगका जनताका लागि ठूलो राहत हुने थियो ।”
अग्नी नियन्त्रणका लागि स्थानीय सरकार तथा सरोकारवाला निकायले पूर्ववत् सचेतता, योजना र तयारीमा यथेष्ट ध्यान नदिएको स्थानीयको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि नगपालिकाले गरेका असल अभ्यास अनुकरणीय छन् : विश्व बैंक निर्देशक भर्गीस
फागुन ५, २०८१ सोमबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार