‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ ’
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १६, २०८१ आइतबार १९:२०:३
![](https://nepalbahas.prixacdn.net/media/albums/lagani-sammelan-investment-summit_52V6BVc8nJ_6GTy4EySn9.jpg)
१६ वैशाख, काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको र लगानीको प्रचुर सम्भावना रहेकामा जोड दिएका छन् । आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको पछि सञ्चालन भएको ‘सक्सेस स्टोरिज अफ इन्भेस्टमेन्ट इन नेपाल’ विषयक सत्रमा उनीहरुले नेपालमा आफूहरुले गरेका सफल व्यवसायका बारेमा जानकारी गराउँदै प्रचुर लगानीको सम्भावित बारेमा पनि धारणा व्याक्त गरेका हुन् ।
दोस्रो मुख्य सत्रमा अध्यक्षता सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले गर्नुभएको थियो भने लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत राधेश पन्तले प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा लगानी बोर्डका सदस्य तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले नेपालको लगानीमैत्री वातावरणबारे जानकारी गराउँदै उपलब्ध श्रमिकको अवस्थाबारे प्रस्तुती दिइन् । साथै उनले नेपाल विश्वकै लागि पर्यटकको उत्कृष्ट गन्तव्य र नेपालको उदाउँदो डिजिटल अर्थतन्त्रमा लगानीका सम्भावनाबारे आफ्नो अनुभव सुनाएकी थिइन् ।
त्यस्तै, कोकाकोलाको भारत तथा दक्षिण पश्चिम एसियाको सार्वजनिक मामिला तथा सञ्चार क्षेत्र हेर्ने उपाध्यक्ष देवयानी राज्यलक्ष्मी राणाले नेपालमा आफूहरुले गर्दै आएको व्यवसाय र सफलताका बारेमा अवगत गराएकी थिइन । एसजेभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आफूहरुले नेपालको जलविद्युत्को क्षेत्रमा ठूला–ठूला लगानी गरेको बताउँदै अगामी दिनमा थप लगानी ल्याउनका लागि तयार रहेको प्रतिबद्धता जनाएका छन् ।
यसैगरी, सिनोहाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक होउ जोङले आफूहरुले नेपालका जलविद्युत्लगायत ठूला पूर्वाधारमा काम गरेर चिनियाँ लगानी र प्रविधि तथा सीप नेपालमा भित्र्याएको उल्लेख गरे ।
युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लन मुखर्जीले आफ्नो कम्पनीले नेपालमा उत्पादनहरु बढाउँदै गरेको बताउँदै थप लगानीमैत्री वातावरण तयका लागि आग्रह पनि गरे ।
मोघा इनर्जी इन्ड सब्सिडरिज, युएसएका उपाध्यक्ष सम्राट मोघाले लगानीका लागि नेपालले सहज वातावरण तय गरेको सकारात्मक अनुभव सुनाए । उनले नेपाल सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्य राखेको सन्दर्भमा जलविद्युत् क्षेत्रमा थप पूर्वाधार लगानी गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले नेपालको दुई ठूला छिमेकी मुलुक भारत र चीनमा अपार बजारको सम्भावना रहेको उल्लेख गर्दै स्वदेशी बस्तु उत्पादनमा लगानीको सम्भावना रहेको उल्लेख गरेका छन् ।
मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलन भोलिसम्म चल्नेछ ।
सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा लगानीका निम्ति एक सय ५३ परियोजना सोकेसमा रहेको नेपाल लगानी बोर्डको भनाइ छ । बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिएका छन् । लगानीका निम्ति सोकेसमा राखिएको परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएको छभने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिएको बोर्डले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
फागुन ५, २०८१ सोमबार
मोरङमा बज्राचार्यको भब्य प्रस्तुति, मध्यरातसम्म मनमगनमा नाचे दर्शक
फागुन ५, २०८१ सोमबार
'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार