बँदेललाई मार्न राखेको विद्युतीय धरापमा मान्छे परेपछि
इन्द्र रिजाल
बैशाख ११, २०७६ बिहिबार ४:१८:४९
बुटवल । रुपन्देहीको तिलोत्तमा-११ का पाँच जना युवाले आफ्नो बस्तीमा बँदेलले बाली खाएर सखाप पार्न थालेपछि एउटा जुक्ति निकाले, बँदेल हिँडने बाटोमा विद्युतीय धराप थापेर मार्ने ।
उक्त योजना अनुसार वैशाख १ गते राति तिलोत्तमा र देवदह नगरपालिकाको सीमाना छुटयाउने रोहणी खोलामा राति ११ बजे विद्युतीय धराप थापेर नजिकैको एउटा रुखमुनि सुते । भोलिपल्ट बिहान चार बजेको समयमा तिलोत्तमा-११ भूपू सैनिक टोलका मिनबहादुर गौतम सोही बाटो देवदहबाट घर आउँदै गर्दा सोही विद्युतीय धरापमा परे ।
धरापमा परेर गौतमको मृत्यु भयो । विद्युतीय धरापमा उनीसँगै बँदेल पनि पर्यो । तिलोत्तमा-११ का चन्द्रबहादुर थापा नरबहादुर पुन, उपेन्द्रबहादुर शाह अमर पुन र माइला भन्नेले गौतमको शवललाई उठाएर देवदह-९ को मिलन सामुदायिक वनको झाडीमा खाडल खनेर गाडे ।
परिवारले गएको ७ गते इलाका प्रहरी कार्यालय मंगलापुरमा निवेदन दिए । प्रहरीले अनुसन्धानको क्रममा गाउँका तीन जना युवालाई सोधखोज गर्दा घटनाका विवरण बताएपछि घटना बाहिर आएको हो । प्रहरीले मंगलवार राति ११ बजे शव गाडेको स्थलमा ती युवाहरूको सहयोगमा नै पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले पाँच जना युवा प्रहरीको नियन्त्रणमा रहेको बताए । उनीहरूले ३ फिट गहिरो खाडल खनेर गौतमको शवलाई गाडेका फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी डिलबहादुर मल्लले घटना सुनियोजित नभए पनि युवाहरूले घटना लुकाउन खोजकोले उनीहरूलाई फौजदारी संहिता अनुसार कारवाही हुने बताए । गौतम सोही बनको हेरालु समेत रहेका थिए ।
गौतमका एक छोरी र श्रीमती छन् । रुपन्देहीको देवदहमा अपराधिक घटना बढ्दै गएका छन् । केही समय अगाडि देवहका अनिश पुरीको पनि गाउँकै युवाहरूको सामूहिक प्रहारबाट मृत्यु भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि
पुष १६, २०८१ मंगलबार
पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा फँडानी
पुष १६, २०८१ मंगलबार
‘बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियान’लाई प्रधानमन्त्रीको शुभकामना
पुष १६, २०८१ मंगलबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’
पुष १७, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा लामिछानेसहित ७ जनाको मुद्दामा सरकारी वकिलको बहस सकियो
पुष १७, २०८१ बुधबार
आजदेखि बन्दीपुर भ्रमण वर्ष २०२५ शुभारम्भ
पुष १७, २०८१ बुधबार
नयाँ वर्षमा धेरै कामबाट टाढै रहनु, नत्र वर्षभर पछुताउनु पर्नेछ
पुष १७, २०८१ बुधबार