रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार १६:०:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/tag_e64Rt7WHNX_oKe9350l8O.jpg)
१७ वैशाख, रामेछाप । जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषक रामकुमार कार्कीको बगैँचामा रहेका जुनारका बोटमा नम्बरिङ गरी जुनारको बोटमा ट्याग लगाउन थालिएको हो ।
स्थानीय विपीन भट्टराईले भने, “जुनारको बोटमा ट्याग लगाएर नम्बरिङ गरेपछि आफ्नो बगैँचामा कति बोट जुनार छन् भन्ने किसालाई यकीन हुने र कति नं बोटको जुनार कस्तो फल्यो, बोट तथा उमेरअनुसार फल दियो कि दिएन भन्ने कुरालाई सहज बनाउनेछ ।
त्यसैगरी कुन बोटमा कस्तो रोग लागेको छ त्यसलाई के उपचार गर्न सकिन्छ भन्नेजस्ता कुराहरूको जानकारी यो ट्यागले दिने भएको हुँदा यो आवश्यकता महसुस गरेर जुनार कृषकले आफ्नै लगानीमा जुनारका बोटमा ट्याग लगाउन सहज होस् भनी यो अभियान थालिएको हो ।”
त्यतिमात्र होइन जुनार कृषक घर नभएको अवस्थामा प्राविधिक पुगे भने पनि यति नं को बोटमा यस्तो रोग लागेको छ भनेर टेलिफोनबाट पनि भन्न र उपचार गराउन सकिन्छ । यसरी ट्याग लगाउँदा जुनारलाई ब्राण्डिङ र बजारीकरणमा पनि सहज हुने भएकाले जानकारको अनुरोधमा आफूले यो कार्यको सुरुआत गरेको ओख्रेनीका जुनार कृषक कार्कीले बताए ।
सो नगरपालिकालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जुनार जोनका रुपमा काम गर्दै आइरहेको छ । जुनारको पहिचान बनाउन सफल बन्दै गएको यस जिल्लाका सबै जुनार बगैँचामा यसरी ट्याग लगाउने तयारी भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेले बताए ।
अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञानकेन्द्रको प्राविधिक सहयोगमा ट्याग लगाउने काम सुरु भएको हो । यसपछि कुन बोटमा कस्तो जुनार फलिरहेको छ भन्ने कुरा मोबाइलमा स्क्यान गरेर थाहा पाउने प्रविधि पनि भित्र्याउने तयारी पनि भइरहेको प्रमुख गैरेले बताए ।
अहिले सुरुआतीको चरणमा कृषकलाई सहज होस् भनेर आफूले एकमा ट्याग निःशुल्क रुपमा जुनार कृषकलाई उपलब्ध गराएको रामेछाप–काठमाडौँ सिर्जनशील समाजका अध्यक्ष तथा स्थानीय विपीन भट्टराईले बताए ।
ट्याग लगाउने कामको शुभारम्भ गदै रामेछापका नगर प्रवक्ता समीर कार्कीले रामेछाप नगर क्षेत्रभित्रका सबै जुनारका रुखमा ट्याग लगाउने कार्य आगामी आर्थिक वर्षबाट कार्यान्वयन हुने गरी नगरपालिकाले पनि योजनामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार