इलाममा सुहाङको मत २१ हजार कट्यो, अग्रता कायमै
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार २२:२०:२४
१७ वैशाख, इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले छ हजार छ सय २८ मतले अग्रता लिएका छन् । फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४ र ५ र इलाम नगरपालिका –१ र २ को मत गणना सकिएको छ ।
पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले २१ हजार तीन सय ८० मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १४ हजार सात सय ५२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले दश हजार एक सय ४६ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले तीन हजार छ सय तीन मतसहित चौथो स्थानमा छन् ।
छ वटा पालिका रहेको सो क्षेत्रको अहिले इलाम नगरपालिका ३, ४ र ५ को मतगणना भइरहेको छ । इलाम नगरपालिकाको २० हजार छ सय ६५ मत मध्ये करिब १७ हजार मत गणना हुन बाँकी छ । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
माघ २०, २०८१ आइतबार
अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण
माघ २०, २०८१ आइतबार
अरुण पूर्वका ९ जिल्लामा बन्दको प्रभावः यातायातका साधन ठप्प
माघ २०, २०८१ आइतबार
गुल्मीमा ट्रयाक्टर दुर्घटना, सहचालकको मृत्यु
माघ २०, २०८१ आइतबार
महोत्तरीको जलेश्वर कारागारमा एकजना कैदीको मृत्यु
माघ २०, २०८१ आइतबार
आज विश्व सिमसार दिवस मनाइँदै
माघ २०, २०८१ आइतबार