कालीकोट सदरमुकाममा सधैँ खानेपानीको अभाव
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार १६:३६:४८
१८ वैशाख, कालीकोट । कालीकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा सधैँ खानेपानीको अभाव हुने गरेको छ । वर्षामा बाढीपहिरो र गर्मीयाममा पानी मुहान सुक्ने गरेकाले खानेपानी अभाव हुने गरेको हो ।
सदरमुकाम मान्म बजारमा दिन प्रतिदिन बढ्दो मानवीय चाप र खानेपानी व्यवस्थापन भरपर्दो नहुँदा खानेपानीको सधैँ अभाव हुने गरेको छ । सदरमुकाम मान्म बजारमा सधैँ नै खानेपानी अभाव हुने गरेको पानी धेरै टाढाका मुहान गएर ल्याउनुपर्ने बाध्यता रहेको छ ।
सदरमुकाम मान्म बजारमा लामो समयदेखि होटेल व्यवसाय गर्दै आएका नरहरिनाथ गाउँपालिका–६ का गोर्खबहादुर बटालाले खानेपानी समस्या समाधान गर्नुपर्नेमा जोड दिए । ‘घरमा वितरण गरिएका खानेपानीका धारामा हप्तामा एक दिन पानी आउँछ ।’ उनले भने, “१० देखि १५ मिनेटसम्म खानेपानीको धारामा पानी आउने भएकाले त्यसले खानेपानी पनि पुग्दैन ।”
हिउँद र गर्मीयाममा मात्रै नभएर वर्षात्को समयमा टाढाबाट ल्याएको खानेपानीमा खोलाखोल्सामा आउने पहिरो, गाईबस्तु चराउने व्यक्तिले पानीका पाइपको लाइन काट्ने भएकाले मान्म बजारमा खानेपानी सधैँ अभाव हुने गरेको सदरमुकाम मान्म बजारमा व्यवसाय गर्दै आएका भानु आचार्यले बताए ।
‘यहाँ सधैँ खानेपानीको वितरणमा एकरुपता नहुँदा खानेपानीको अभाव हुने गरेको छ ।’ उनले भने, “पहुँचवालाको घर तथा कार्यालयमा रातदिन जाने पानीका कारणले पनि बजारमा अभाव हुने गरेको छ ।” खाँडाचक्र नगरपालिकाको मान्म बजारमा पानीको मुहानको अभावले खानेपानीको समस्या रहेको वडाध्यक्ष धर्मराज टमटाले बताए । ‘खानेपानीको अभाव हुनुमा मुहान सुक्नु र पाइपका लाइनमा प्वाल परेका कारणले समस्या भएको छ ।’ उनले भने, “खानेपानी समस्या टार्नका लागि वडा तथा नगरपालिकाले पहल गरेको भए पनि समस्या टार्न सकिएको छैन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
विद्युत प्राधिकरणले गएको चार महिनामा भारतलाई १२ अर्ब ७२ करोडको बिजुली बेच्यो
मंसिर ५, २०८१ बुधबार
सत्र सयको श्रमदानः मल्पी–लिलावती सिँचाइ कुलो पुनःनिर्माण
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
एमालेको प्रदर्शनले खलबलियो उपत्यकाको ट्राफिक व्यवस्था
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
उपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार