कालिमाटी तरकारी तथा फलफुल, गुन्द्रुक प्रतिकेजी २५० रुपैयाँ
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार ९:४५:५१
१९ वैशाख, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार हरियो अङ्गुरको न्यूनतम् मूल्य प्रतिकेजी २००, कालो अङ्गुर २८०, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, हरियो तरबुजा ३५, नेपाली मेवा ९०, चुकुन्दर ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार लोकल सानो गोलभेँडा २० र भारतीय ठूले गोलभेँडा ६०, अदुवा २६०, रातो आलु ४५ रूपैयाँमा कारोबार हुँदा स्थानीय काउली ४०, लौका ४०, कागती ३००, लोकल काँक्रो ४५, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लाेकल गाजरको न्यूनतम् मूल्य प्रतिकेजी ५५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ४०, हाइब्रीड सेतो मुला ४० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी ८० र राजमा घिउ सिमी ९० रुपैयाँ र टाटे सिमी १४० रुपैयाँ, हरियो फर्सी लाम्चो ३० र हरियो डल्लो फर्सी ३० रूपैयाँमा खरिदबिक्री हुँदैछ भने तोरीको साग ४० र रायोको साग ७० रुपैयाँमा खरिदबिक्री हुँदा उता जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६०, हरियो प्याज ६० र पुदिना १८० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली १००, चाइनिज सुकेको लसुन २७०, हरियो लसुन १०० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ३० र हरियो धनियाँ ७० रुपैयाँ पाइने समितिले जनाएको छ ।
उता, ताजा छडी माछा २०० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २५०, रहु माछा ३३० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार