बजेट अधिवेशनसम्म नपुग्दै फेल खायो संसदीय क्यालेण्डर
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार १३:२२:२२
१९ वैशाख, काठमाडौं । सरकारले २६ वैशाख अन्तिम साता संसदको बर्खे अधिवेशन (बजेट अधिवेशन) बोलाउने जानकारी गराएपछि सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति र सदस्यहरुसँग छलफल राखे । जसमा संसदीय क्यालेण्डर प्रभाकारी नभएको विषय उठ्यो । क्यालेण्डरकै कारण कोरम नपुगेर समिति बैठक बस्न नसकेको सभापतिहरूले गुनासो गरे ।
उपस्थित नहुने सांसदलाई स्पष्टीकरण सोध्ने जस्ता विषय संसदीय क्यालेन्डर नभएकाले यसमा पुनरावलोकन गर्नुपर्छ भन्ने सभापतिहरुको सभामुखसँग माग छ । कोरम नपुग्ने समस्यालाई प्राथमिकता दिन क्यालेण्डरमा सुधार गर्नु पर्ने देखिएको हो । सांसदहरूको उपस्थिति नहुँदा नियमित बैठक बस्न नसकेको र यसको प्रभाव विधेयकको छलफलमा परेको छ ।
कोरम नपुग्दा विधेयकमा संशोधन प्रस्ताव हालेका संशोधनकर्ता सांसदसँग छलफलमा पनि भएको छैन् । संघीय संसद्को आगामी बजेट अधिवेशन कानुन निर्माणको पक्षमा परिणाममुखी बनाउन दलहरूबीच सहमति गराउन सभामुखले छलफल राखेका थिए । संसदीय समितिका सभापति तथा राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख सचेतक र सचेतकसँग सभामुख देवराज घिमिरेले मंगलबार सिंहदरबारमा छलफल गरेका थिए ।
छलफलमा आगामी अधिवेशन विधेयक निर्माणको पक्षमा फलदायी बनाउन सक्रिय भूमिका खेल्न सभामुखले आग्रह गरेका थिए । बजेट अधिवेशन मुख्यतः नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट निर्माणमा केन्द्रित हुन्छ । विगतका अधिवेशनमा कानुन निर्माणले अपेक्षित गति लिन नसकेको भन्दै सभामुखले बजेट अधिवेशनलाई विधायिकी कार्यमा पनि परिणाममुखी बनाउने साझा धारणा बनाउन खोजेका हुन् । यसका लागि संसदीय समितिमा लामो समयदेखि विचाराधीन विधेयकहरू अधिवेशन प्रारम्भ हुनुअगावै छलफल गरेर टुंग्याउने विषय पनि उठेको थियो ।
संसद् सचिवालयका अनुसार हाल समितिमा १४ वटा विधेयक विचाराधीन छन् । समिति बैठक सञ्चालनमा देखिएका अप्ठ्यारा सम्बोधन गर्न सभामुख र संसदीय दलले समन्वय गर्ने समझदारी नै गर्नुपरेको छ । समितिमा गएका विधेयकहरू अझै पनि छलफलबाट टुंगिएका छैनन् । अधिवेशन आह्वान हुनुभन्दा अगाडि नै छिटो टुंग्याउने र काममा गति दिने विषयमा छलफल सम्म भएको छ ।
छलफलमा समितिका सभापतिहरूले आफ्नो समितिको कार्यप्रगति विवरण राख्दै कोरम नपुग्ने समस्यालाई प्राथमिकताका साथ सुनाएका थिए । सांसदहरूको उपस्थिति नहुँदा नियमित बैठक राख्न नसकेको र यसको प्रभाव विधेयकको छलफलमा परेको उनीहरूको भनाइ थियो । सभापतिहरूले विधेयकमा संशोधन प्रस्ताव हालेका संशोधनकर्ता सांसदसँग छलफलमा पनि कठिनाइ उत्पन्न भएको विषय राखेका थिए । समिति बैठकमा सांसदहरूको अनिवार्य उपस्थितिका लागि क्यालेन्डर परिमार्जनदेखि ताकेता गर्ने, कडाइ गर्ने तथा स्पष्टीकरण सोध्नेसम्मको विकल्पमा जानुपर्ने सममति भएको छ ।
छलफलमा सांसदहरुले समिति र संसद्लाई सँगसँगै लैजानुपर्ने विषय उठेका थिए । संसद्को बैठक हुँदा त्यता केन्द्रित हुनुपर्ने। नहुँदा जिल्लाका काम जानुपर्ने र यसरी उपस्थित नहुने, कोरम नपुग्ने समस्य आएकाले संसदीय क्यालेण्डर फेर्नुपर्छ भन्दै अब संसद्को बैठकले समितिको बैठकलाई खुलाउनुपने तथा क्यालेन्डर बनाउँदा समिति र संसद्लाई सँगसँगै लानुपर्ने बताएका िथए । एक दिन सदन, एक दिन समिति चलाउने विकल्पमा जानेबारे क्यालेण्डरमा व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार