श्रमिक दिवसका दिन श्रम मन्त्रालयले घोषणा गर्यो श्रमदान अभियान

नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार १५:५९:४४

१९ वैशाख, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित श्रमदान योजना घोषणा गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेर नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउने उद्देश्यसहित ‘श्रमदान’ अभियानको सुरुआत गरेको जानकारी दिएको छ ।
यसलाई श्रमदान मन्त्रालयको वृहत र व्यवहारिक योजना भएको बताएको छ । श्रमिकको समस्या समाधान गर्न ल्याएको उक्त योजनाअन्र्तगत विभिन्न सातवटा कार्यक्रम छन् । श्रमदान योजनामा ‘सेकेन्ड इनिङ्स’, रोजगार बैंक, समता, कनेक्ट, साथ, कल सेन्टर, पेसागत यात्राको सहयात्रीलगायत कार्यक्रम समावेश छन् । यी कार्यक्रम एकसाथ नभएर क्रमशः कार्यान्वयन गर्दैजाने मन्त्रालयले जनाएको छ ।
यसले नेपाली नागरिकको श्रम र रोजगारसम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने मन्त्रालयले बताएको छ । श्रमदानको पहिलो चरणमा सात क्षेत्रसँग सम्बन्धित कार्यक्रम समावेश गरिएका छन । इन्दे्रणीका सात रंगसग मेल खाने गरी प्रत्येक कार्यक्रमलाई एक विशेष रंगसँग जोडिएको दावी गरिएको छ । कार्यक्रम नेपाली श्रमिकको सीप, दक्षतामा विकास, उनीहरुको मानसिक स्वास्थ्यसम्बन्धी समस्या समाधान, विशेष आवश्यकता रहेको वर्ग तथा समुदायको हकमा खास सुविधा प्रदान गर्नेदेखि कानुनी रुपमा सुरक्षित बनाउन श्रम कानुनको ज्ञान बढाउन केन्द्रित रहेको भनिएको छ ।
मन्त्रालयले दुई महिनाको अध्ययनपछि तयार भएको उक्त योजनाबाट रोजगारीकोे अवसरलाई व्यापक बनाउनेदेखि श्रम बजारमा प्रतिस्पर्धी हुन आवश्यक कौशलको विकास तथा पेसागत उन्नतिका लागि चाहिने स्रोत र साधान प्रदान गर्ने छ । पहिलो चरणमा २४ सै घण्टा टेलिफोन सेवा उपलब्ध गराउने, गुनासो सुन्ने निकायमा केन्द्रीत फोकल पर्सन तोक्ने र मिसकलाई कल ब्याग गर्ने काम हुनेछ ।
विदेशमा आधारित सीआइपी लाइन टेलिफोन सेवा र आइभीआर सेवाकोसमेत तयारी भइरहेको बताइएको छ । विभिन्न सामाजिक सञ्जालमार्फत प्राप्त जिज्ञासा, गुनासो र समस्यालाई तत्काल समाधान प्रक्रियामा लैजान संयन्त्रको निर्माण भएको छ । मन्त्रालयले यसअघि नै श्रमदान कल सेन्टरको उद्घाटन गरिसकेको छ । मन्त्रालयका अनुसार जिज्ञासा, गुनासो र समस्यालाई निःशुल्क कल ११४१ मा फोन गरेर जानकारी दिन सकिनेछ । यस्तै अर्को फोन नम्बर ९८५१३४७२२२ मार्फतसमेत समस्याबारे अवगत गराउन भनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्ज नाका भएर ७ महिनामा १ खर्ब ४ अर्बको इन्धन आयात हुँदा ४३ अर्ब ११ करोड उठ्यो राजस्व
फागुन १३, २०८१ मंगलबार
विद्युत नियमन आयोगले घिसिङलाई दिएन बक्यौता नतिर्ने उद्योगमा जोडिएको विजुली काट्ने अनुमति
फागुन ११, २०८१ आइतबार
तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान
फागुन ७, २०८१ बुधबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार