सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार १६:२२:२१
१९ चैत, काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १६ जना नायव महानिरीक्षक (डीआईजी) तथा र १८ एसएसपीहरुको सरुवा गरेको छ । एक वर्ष भन्दा बढी समय पूरा भइसकेका डीआईजी तथा एसएसपीहरूको नियमित सरुवा भएको मन्त्रालयले जनाएको छ । मन्त्रीस्तरीय निर्णयबाट १६ डीआईजीहरूको सरुवा गरिएको हो ।
एक वर्ष भन्दा बढी समय प्रदेश डीआईजी अर्थात् बाहिनी प्रमुख रहिसकेका पूर्वको कोशी प्रदेश स्थित बराहा बाहिनी मुख्यालय सुनसरीमा शम्भु सुवेदीको सरुवा गरिएको छ । अर्को महत्वपूर्ण बाहिनीकाे रुपमा रहेको मधेश प्रदेश स्थित छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा कालीदास धौबजी तथा सुर्खेत स्थित महेश्वरी बाहिनीमा दुर्गाप्रसाद भट्टराई र हालै बढुवा भएका डीआईजी दीपक अधिकारीको सुदूरपश्चिम स्थित बैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा सरुवा गरिएको छ ।
सरुवा सूची अनुसार यसअघि नै काज सरुवा भइसकेका गणेशबहादुर ठाडा मगरको सीमा सुरक्षा विभागबाट नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमा दरबन्दी कायम भएको छ । त्यस्तै कार्य विभागमा दरबन्दी रही काजमा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानकाे प्रमुख रहेका डीआईजी कमल गिरी त्यही दरबन्दी कायम भएकाे छ ।
कमलबहादुर नेम्बाङको मानव स्रोत विभागबाट नं. ४ मुक्तिनाथ बाहिनी पाेखरामा सरुवा गरिएको छ । सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रही काजमा नं. ५ बिन्ध्यावासिनी बाहिनी कपिलवस्तु रहेका ।अभिकुमार खत्रीकाे त्यही दरबन्दी कायम गरिएकाे छ ।
को कहाँ भए सरुवा यस्तो छ सूची
एसएसपीहरु को कहाँ भए सरुवा यस्तो छ सूची
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्न भारतको प्रस्ताव
मंसिर २, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
मंसिर १२, २०८१ बुधबार
एआर रहमानको सम्बन्धविच्छेदमा मोहिनीको हात, यसबारे के भन्छिन् उनी ?
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
सामाजिक सुरक्षा कोष: १८ लाख नजिक श्रमिक, ९९ अर्ब १८ करोड लगानी
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीको भ्रमण र बीआरआईबारे कांग्रेसमा छलफल
मंसिर १२, २०८१ बुधबार