डिजिटल हुण्डीमा १० करोडमाथि कारोबार गर्नेलाई गुपचुपमा अदालत
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार १३:३१:१२
२० वैशाख, काठमाडौं । नेपालमा करोडौं रुपैया बराबरको डिजिटल हुण्डी गर्ने एक जनाको मुद्दा गुपचुपमा अदालत पुगेको छ । करोडौंको हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंका एक युवकलाई पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको हो । धनुषा घर भई काठमाडौं बस्ने २४ वर्षीय पियुष खेतानविरुद्ध क्रिप्टोकरेन्सी र हुन्डी कारोबारको आरोपमा मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएका भएपनि उनको पक्राउ र अनुसन्धानबारे प्रहरीले केही जानकारी दिएको थिएन ।
प्रहरी स्रोतका अनुसार बाइनान्स र ओके एक्स एपमार्फत १० करोड ४० लाख ७८ हजार रुपैयाँ बराबरको हुन्डी कारोबार गरेको देखिएपछि उनलाई पक्राउ गरिएको थियो । प्रहरीलाई बयान दिने क्रममा पनि खेतानले एप मार्फत कारोबार गरेको स्वीकार गरेका छन् । प्रहरी स्रोतले दिएको जानकारी अनुसार अध्ययनका लागि भारत जाँदा चिनजान भएका बिक्की महतोसँग मिलेर आफूले हुण्डी–क्रिप्टो कारोबार गरेको उनले बयान दिएका हुन ।
खेतानको कालीमाटीमा कपडा पसल छ । सोही पसलको आवरणमा उनले हुन्डी धन्दा चलाउँदै आएको प्रहरीको दावी छ । प्रहरीले विक्कीको बारेमा पनि भारतीय प्रहरीलाई जानकारी गराएको छ । अन्तर्राष्ट्रिय कारोबार मिलाउन अवैध रूपमा क्रिप्टो कारोबारसमेत गर्दै आएका थिए । यो डिजिटल हुन्डी भएको र पछिल्लो समय फस्टाउँदै गएको बेला खेतान पक्राउ परेका हुन् । प्रहरीले खेतानको कारोबारमाथि विस्तृत अनुसन्धान नगर्दा अन्य कारोबारी भने पक्राउ परेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
कुवेत पुर्याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
बस्दै नबसी प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार