फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार १५:४४:५
२० वैशाख, काठमाडौं । फोर एच नेपाल स्थापनाको १० बर्ष पुगेको अवसरमा यस संस्थाले नेपाल मन्थन राष्ट्रिय अभियान थालनी गर्ने भएको छ । संस्थाका अध्यक्ष लोकराज अवस्थीका अनुसार नेपाल मन्थन अभियान यो बर्षभरी संचालन गरिने र यो अभयिान दश हजार भन्दाबढी युवासम्म पुग्ने जानकारी दिएका छन् ।
अभियानको शुभारम्भ समारोहमा योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोविन्दराज पोखरेल, कोशी प्रदेशका पूर्वउपाध्यक्ष एव बरिस्ठ अधिकारकर्मी सुबोध राज प्याकुरेल, कृषि बैज्ञानिक डा.देबेन्द्र गौचन, अर्थविज्ञ अनिलकाजी बस्नेत र सञ्चारविज्ञ शिव लम्साल लगायतकाले नेपाल मन्थनको औत्यिताको बारेमा धारणा व्यक्त गरेका थिए ।
नेपाल मन्थन कार्यक्रम जलवायु परिवर्तन, दिगो विकास, लैङ्गिक समानता, युवा नेतृत्व विकास लगायत क्षेत्रमा अभियान संचालन गरिने संस्थाका अध्यक्ष अवस्थीले जानकारी दिए । अभियानले युवा, महिला, पछिपारिएका समुदाय विद्यालय तथा विश्वविद्यालयका विद्यार्थी तथा दलित समुदायलाई लक्षित गरिने समेत जनाएका छन् ।
नेपाल मन्थन अभियना अन्तरगत यही असार पहिलो साता राष्ट्रिय युवा–विद्यार्थी कृषि सम्मेलन चितवनको कृषि तथा वन विश्वविद्यालयमा आयोजना गरिने संस्थाकी कार्यसमिति सदस्य मुना काप्रीले जानकारी दिए । कार्यक्रममा देशभरीका सबै विश्वविद्यालयहरुबाट लगभग २ सय युवा विद्यार्थीको सहभागिता रहने छ । यो कार्यक्रम २ दिनसम्म संचालन र युवा, कृषि, जलवायु परिवर्तन तथा नीति निर्माणमा युवाको सहभागिता लगायतका विषयमा मन्थन गरिने काप्रीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने
माघ ८, २०८१ मंगलबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
स्वास्थ्य बिमाअन्तर्गत छरिएका कार्यक्रमलाई एकीकृत गर्नुपर्ने कार्यदलको सुझाव
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
माघ १९, २०८१ शनिबार
क्रिकेट प्रशिक्षक मोन्टी देशाईलाई क्यानले गर्यो बिदाई
माघ १९, २०८१ शनिबार
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
माघ १९, २०८१ शनिबार