विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी : एमालेले आज नदिने, कांग्रेसले अवरोध गर्ने
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार ६:५३:३२
२१ वैशाख, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिन आज प्रदेश सभा बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र ५ बजे मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने नेकपा एकीकृत समाजवादीका उपनेता प्रकाश रावलले जानकारी दिए ।
दिउँसो नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक राखेर मुख्यमन्त्री सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने समेत तयारी भएको बताए ।
यता माओवादी केन्द्रले पनि ११ बजे संसदीय दलको बैठक राखेर मुख्यमन्त्री सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने तयारी भएको माओवादी संसदीय दलका नेता मानबहादुर धामीले बताए । ‘हामी विश्वासको मत दिने तयारीमा छौँ ११ बजे संसदीय दलको बैठक बसेर विश्वासको मत दिने गरि ह्विप जारी गर्छौ’ उनले भने ‘सत्ता गठबन्धनमा विश्वासको मत दिने समझदारी भएको छ ।’
नेकपा एमालेले भने हालसम्म विश्वासको मत दिने कुनै निर्णय नभएको तर मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने तयारी रहेको जनाएको छ ।
‘हामीले विश्वासको मत नदिने भनेका छैनौँ’ एमाले संसदीय दलका उपनेता सन्तोषकुमारी शर्मा थापाले भनिन्, ‘हामी छलफल गर्छौ । विश्वासको मत नदिने भन्ने होइन तर, २१ गते नै दिने सम्भावना भने छैन ।’
समाचार तयार गर्दा सम्म एमाले शीर्ष नेताहरूले सुदूरपश्चिम प्रदेशमा सोडारी सरकारलाई विश्वासको मत दिन कुनै निर्देशन जारी गरेका छैनन् ।
‘स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत विश्वासको मतका लागि अहिले नै हतार नगर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।
यता नागरिक उन्मुक्ति पार्टीमा रेशम पक्षका पाँच सांसदहरूले पनि विश्वासको मत नदिने बताएका छन् । हामी विश्वासको मत दिँदैनौँ रेशम पक्षका संसदीय दलका नेता घनश्याम चौधरीले भने । यता रन्जिता श्रेष्ठ पक्षका दुई सांसद भने विश्वासको मत दिने तयारीमा छन् । उनीहरु दुबै जना प्रदेश सरकारमा सहभागी छन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन बहुमत अर्थात् २७ सांसद आवश्यक पर्छ । एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, रन्जिता पक्षका दुई सांसद र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ । तर, एमालेले समाचार तयार पार्दा सम्म विश्वासको मत दिने विषयमा ठोस निर्णय गरेको छैन ।
वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीलाई जेठ ५ गते सम्मको समय छ । एमालेले अझै समय बाँकी रहेको हुँदा हतार नगर्न मुख्यमन्त्रीलाई सुझाब दिएको छ । बझाङ बाट निर्वाचित दमन भण्डारीले पनि अझै शपथ लिएका छैनन् । एमालेले उनको सपथ ग्रहण पछि मात्रै विश्वासको मतको विषयमा छलफल हुने बताएको छ ।
यसैगरी नेपाली कांग्रेसले मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने बताएको छ । असंवैधानिक ढंगले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने निर्णय गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार