चारवटा संसदीय समितिको बैठक बस्दै
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार ७:५७:३
२१ वैशाख,काठमाडौं। संघीय संसदअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ। महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको हो।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्ने छ। बैठकमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम/ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा विपद् व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयबाट भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भावी कार्ययोजनाबारे छलफल हुनेछ। यस्तै बैठकमा विपद् व्यवस्थापन सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भएका काम कारबाही, तयारी तथा भावी कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची छ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्दै छ। अर्थमन्त्री वर्षमान पुनलाई बोलाइएको बैठकको कार्यसूची आगामी बजेट २०८१/०८२ का सम्बन्धमा पूर्व बजेट छलफल र विविध विषय रहेको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि आज बस्दै छ। दिउँसो २ बजे बस्ने बैठकमा समितिबाट हुने अनुगमनका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार