पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार ११:४७:२५
२१ वैशाख, काठमाडौं । ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघले आयोजना गरेको २७ औँ महाधिवेशन काठमाडौंमा सुरु भएको छ । विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता नाराका साथ आज नेपालसहित विश्वभर यो दिवस मनाइँदैछ ।
महासंघको २७ औँ महाधिवेशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । यसअघि विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आजै बिहान महासंघको अगुवाइमा प्रभातफेरी आयोजना गरिएको थियो । महासंघको २७ औँ महाधिवेशन समेतका अवसरमा आयोजित प्रभातफेरी रत्नपार्क शान्तिबाटिकाबाट सुरु भई भृकुटीमण्डपस्थित महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पुगेर समापन गरिएको थियो ।
प्रभातफेरीमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न सञ्चारगृहमा आबद्ध पत्रकारहरुको सहभागिता थियो । प्रभातफेरीमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाललगायत संघसंगठनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो ।
जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सृजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो । महासंघको महाधिवेशन उद्घाटनपछि बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा पत्रकारिता क्षेत्रमा देखिएका समस्या र महासंघका आगामी कार्यक्रमबारे छलफल हुनेछ ।
महाधिवेशनमा देशभरका शाखाबाट प्रतिनिधिहरु काठमाडौं आएका छन् । २७ औँ महाधिवेशनका क्रममा वरिष्ठ पत्रकारहरुलाई विभिन्न विधामा सम्मान गरिएको छ । प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई सम्मान पत्रसहित सम्मान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने
माघ ८, २०८१ मंगलबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
लायन्सले वितरण गर्यो बेथानका बाढीपीडितलाई जस्ता
पुष २४, २०८१ बुधबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार