कान्ति राजपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार १३:४३:५८
२१ वैशाख, काठमाडौं । ललितपुरको टिकाभैरब हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ सवारी साधन संचालनमा पूर्ण रुपमा बन्द भएको छ । ललितपुरको बगुवा-तिनपाने खण्डमा रक कटिङ कार्य भैरहेको अवस्थामा सडक भासिएर पहिरो गएको कारण कान्तिराजपथ पूर्ण रुपमा बन्द हुन पुगेको कान्ति राजमार्ग सडक योजनाका सूचना अधिकारी इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।
आज बिहान मकवानपुरको बुद्धचोकबाट ५५ प्लस ५५० किमीको सडक खण्डमा रक कटिङ कार्य हुँदै गर्दा सडक भासिएको हो । रक कटिङ हुँदै गरेको भएतापनि साना सवारी साधनहरुलाई एक तर्फी सुचारु गर्दै आएतापनि एक्कासी सडक किनाराको तारजाली वाल नै भासिएर सडक पूर्ण क्षति भई पहिरो गएको अवस्था भएको कारण सवारी आवागम पूर्ण रुपमा बन्द गर्नु परेको ई. महर्जनले बताए ।
गत वैशाख १६ गतेदेखि जेठ १५ गतेसम्म बिहान ४ बजेदेखि बिहान ९ बजेसम्म र मध्याह्न १२ बजे देखि साझ ६ बजे सम्म बन्द हुने ललितपुर जिल्ला प्रशासन कार्यालयबाट सूचना जारी गरेको थियो । उक्त सडकको विभिन्न ५ स्थानमा सिंगल लेन भएको ठाउँमा कडा चटान कटिङ गरि डब्बल लेन सडक निर्माण गर्ने कार्य भइरहेको छ । सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएकोले यसअघि आंशिक रुपमा बन्द रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
हिउँ बिनाको सिस्ने हिमाल
पुष ७, २०८१ आइतबार
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते
पुष ७, २०८१ आइतबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार