जापान पठाइदिने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगी गर्ने दुई जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार १४:१६:५१
२१ वैशाख, काठमाडौं । जापान पठाउने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार ठगीको आरोपमा पक्राउ परेका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डेलाई सार्वजनिक गरेको हो ।
अर्काको नागरिकताबाट बैंकमा खाता खेलेका उनीहरुले जापान पठाइदिने भन्दै दुई करोड ६८ लाख रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक भएको बताइएको छ । राजनले सञ्चालन गरेको नियोनी एजुकेसन कन्सल्टेन्सीमार्फत् विद्यार्थी तथा वर्किन भिसामा जापान पठाउने भन्दै प्रतिव्यक्ति चार लाखदेखि सात लाख रूपैयाँसम्म उठाएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका ईश्वरीले पर्वराजको नागरिकता दुरुपयोग गरेर बैंक खाता खोलेको खुलेको छ । नारायणको नागरिकता समेत राजनले दुरुपयोग गरेर खाता खोलेको प्रहरीको भनाइ छ । पीडितलाई सोही बैंक खातामा रकम जम्मा गर्न लगाएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
उनीहरूलाई कार्यालयका डीएसपी गोविन्द पन्थी नेतृत्वको टोलीले विशेष अनुसन्धानपछि पक्राउ गरेको हो । नारायणको हराएको नागरिकता फेला पारेर राजनले बैंक खाता खोलेका थिए । उनीहरूले लामो समयदेखि ठगी गर्ने उद्देश्यले नै अर्काको नागरिकता दुरुपयोग गरेर खाता खोलेको देखिएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार