झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रामाथि गोली प्रहार
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार १५:४३:१७
२१ वैशाख, काठमाडौं । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट १८ वर्षकी एनिका अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए ।
शुक्रबार दिउँसो साढे १२ बजेतिर सिरहा घर भएका ३० वर्षीय अमितकुमार साहले एक छात्रामाथि गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
उदयपुर घर भई दमकमा डेरा बसेर पढ्दै गरेकी १८ वर्षीया एनिका अधिकारीलाई गोली प्रहार भएको हो ।अधिकारी हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छिन् । उनी कक्षा १२ को परीक्षा दिएर डेरा फर्किंदै थिइन् ।
गोली लागेर उनको दाहिने हातमा चोट लागेको प्रहरीको भनाइ छ । दमकस्थित लाइफ लाइन अस्पतालमा उनको उपचार भइरहेको छ। गोली हानेर फरार अभियुक्तको खोजी भइरहेको छ।
यता, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक चन्दले गालीको आवाज आएको र उनलाई छर्रा लोगकाले गोलीको हो वा अरु केहीको भन्ने अनुसन्धान भइरहेको नभएको बताए । स्थानीयले प्रहरीलाई उनीमाथि गोली हानिएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार