तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार ६:१७:२३
२२ वैशाख, काठमाडौं । आज मिति २०८० साल वैशाख २२ गते शनिबार तदनुसार मे ४ तारिख, नेपाल संवत् ११४४ (चिल्लागा) उत्तरायण वसन्त ऋतु कृष्ण पक्ष एकादशी तिथि, पुर्वभाद्र नक्षत्र, । इन्द्र योग छ । चन्द्र राशि कुम्भ । यो शुभ योग हो ।
अभिजित मुहूर्त: बिहान ११:३५ देखि १२:२८ सम्म,
• काठमाण्डौंमा सूर्योदय: बिहान ०५:२३
• सूर्यास्त: बेलुका ०६:४० बजे
वैदिक ज्योतिषमा आधारित तपाईँको आजको राशिफल यस प्रकार रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पूर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ति मिल्नेछ ।
शुभ रंग : पहेँलो
शुभ अंक : २
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज समय राम्रो छ । मिहिनेतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ्य सुधार हुने छ ।
शुभ रंग : रातो
शुभ अंक : ४
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नती प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ । समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रंग : हरियो
शुभ अंक : ४
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । परिवारलाई समय दिनुहोला । दिउँसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नु होला ।
शुभ रंग : चाँदी
शुभ अंक : ७
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रंग : सुन्तला
शुभ अंक : ७
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज समय ठिकै छ । शरीरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रु पक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्दी नगर्नु होला ।
शुभ रंग : सुन्तला
शुभ अंक : ७
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशी मिल्नसक्ने समय छ ।
शुभ रंग : पहेँलो
शुभ अंक : १
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रंग : पहेँलो
शुभ अंक : ९
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज समय मध्यम छ । पारिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रंग : खैरो
शुभ अंक : २
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज समय ठिकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रंग : रातो
शुभ अंक : ८
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरूले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाइमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रंग : नीलो
शुभ अंक : ७
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएता पनि दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रंग : सेतो
शुभ अंक : ८
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनु होला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
जेठ ९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ८, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला कति ?
जेठ ९, २०८१ बुधबार
सिरियाकी प्रथम महिलालाई ब्लड क्यान्सर !
जेठ ९, २०८१ बुधबार
कैलालीमा आलु उत्पादन ६ प्रतिशतले बढ्यो
जेठ ९, २०८१ बुधबार
दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व संकलन
जेठ ९, २०८१ बुधबार
सामाजिक उत्तरदायित्वमा अब्बल सिम्रिक साकोस बिर्तामोड
जेठ ९, २०८१ बुधबार