सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार १४:३१:२०
२२ बैशाख, काठमाडौं । समाज सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको युवा सिर्जनशील समाजले बालबालिकाहरूलाई सुर्ती र धुम्रपानबाट टाढा राख्नका लागि विद्यालयहरूमा सचेतना कार्यक्रम अभियान चलाएको छ । यस क्रममा समाजले शुक्रवार बुद्धनगर आधारभूत विद्यालयमा धुम्रपान तथा सुर्तीजन्य दुर्व्यसनविरुद्ध सचेतना मुलक कार्यक्रम गरेको छ ।
कार्यक्रममा विद्यार्थीलाई सुर्ति जन्य पदार्थबाट कसरी टाढा रहने धुम्रपानको सेवनले के कस्ता असर पार्छ भन्नेबारे जानकारी दिइएको छ । कार्यक्रममा सगणेशमान सिंह मेमोरियल अस्पतालका डा. आदित्य रञ्जितले धुम्रपान र सुर्ती सेवनबाट क्यान्सर, मधुमेह, मुटुरोग, दमखोकीलगायतका रोग लाग्ने भएकाले यसबाट समाजलाई बचाउन विद्यार्थीले घर घरमा सन्देश पुर्याउनुपर्ने बताए ।
धुम्रपान गर्ने व्यक्तिले आफूलाई मात्र रोगी पार्ने नभइकन सिंगो परिवारलाई र आफू आसपासका व्यक्तिलाई समेत सुर्तीको धुवाँबाट असर गरेर विरामी पार्ने भएकाले सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गर्नुपर्ने भन्दै उनले विद्यार्थीले घर र टोलमा पनि सुर्ति सेवन हानिकार छ भनेर जानकारी गराउनुपर्ने बताए ।
उनले स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल,नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्तीमा निकोटिन, टारलगायतका ४० भन्दा वढी किसिमका खतरनाक विषादी हुने भएकाले यसले दीर्घ रोग लाग्ने जानकारी दिए ।
सुर्तीजन्य पदार्थ नियमन ऐनले १६ वर्षमुनिका वालवालिकालाई सुर्ती बेच्न बन्देज लगाएको, विद्यालयको १ सय मिटर वरपरसम्म सुर्ती बेचविखन र सेवन गर्न प्रतिवन्ध लगाएको हुँदा विद्यार्थीहरुले स्थानीय तह, प्रहरी प्रशासनमा उजुरी गर्न अग्रसर हुनुपर्ने बताए ।
सुर्ती सेवनबाट दैनिक ७३ जनाको ज्यान गइरहेको र सुर्तीको धुवाँमा वर्षेनी ४७ अर्ब रुपैयाँ उडिरहेको हुँदा सुर्तीलाई नियन्त्रण गर्नुपर्ने धारणा उनले राखे ।
युवा सिर्जनशील समाजकी अध्यक्ष शारदा लामाले सुर्तीको लत सानै उमेरदेखि लाग्न सक्ने भएकाले विद्यार्थीहरु यसबाट टाढा रहनुपर्ने दृष्टान्त पेश गरिन् । उनले सुर्तीले आर्थिक, सामाजिक, वातावरणीय क्षय हुने मात्र नभइ भविष्यका कर्णधारहरुको जीवन नै खतरामा पार्ने भएकाले कसैंले भन्दैमा उक्साउँदैमा सुर्ती सेवन त के खरिदसम्म पनि गर्न नहुने स्पष्ट पारिन् ।
काठमाडौं महानगर पालिका वडा नं १० का जनप्रतिनिधि रोहिणी श्रेष्ठले धुम्रपान निषेध गर्न वडा आफै पनि सक्रिय भएर लाग्ने र यसमा सवैको साथ अनि सहयोग आवश्यक रहेको बताइन् । बुद्धनगर आधारभुत विद्यालयका अध्यक्ष श्याम तण्डुकारले विद्यालय वरपरको क्षेत्रलाई सुर्तीमुक्त बनाउँदै लानुपर्ने आवश्यकतामाथि जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले ३ कक्षासम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयले पायो नयाँ भवन
मंसिर २६, २०८१ बुधबार
दमक व्यापारिक कम्प्लेक्स
मंसिर २३, २०८१ आइतबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौंमा केही बढ्यो
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार