नेपाललाई हिन्दू गणराज्य घोषणा गर्न माग
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार १९:३७:५७
२२ वैशाख, काठमाडौं । राष्ट्रिय एकता अभियान कास्कीमा संगठन विस्तार गरेको छ । सङ्घीय हिन्दु गणतन्त्र नेपालको स्थापनाको लागि सक्रिय अभियानले कास्की जिल्लामा १५ सदस्यीय कार्यकारिणी समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा सुनिल मर्सिनि चयन भएका छन् भने उपाध्यक्षमा टिका कुमारी छिरिङ र सचिवमा अनुपमणि अधिकारी चयन भएका छन् । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको उपस्थितिमा कास्की जिल्ला कमिटी गठन गरिएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले हिन्दु धर्म नै राष्ट्रिय एकताको मूल मन्त्र भएको उल्लेख गरे । राष्ट्र र राष्ट्रियता जोगाउन नेपाललाई हिन्दु गणराज्य घोषणा गर्नु पर्ने कुरामा जोड दिए । नेपाललाई धर्म निरपेक्ष देश घोषणा गर्दा राष्ट्रिय एकता कमजोर भएको समेत उनले बताए ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय व्यवसायीक विमान यथाशक्य संचालनको व्यवस्था गर्नु पर्ने माग समेत राख्नु भयो, पोखरा विमानस्थललाई चीनले BRI संग जोडेर अन्तराष्ट्रिय रुपमा भ्रम फैलाएको हुनाले त्यसको तत्काल खण्डन र चीनलाई कूटनीतिक नोट नेपाल सरकारले माग नगरूनजेल अन्तराष्ट्रिय समुदाय एयरपोर्ट प्रतिको संदेह नहट्ने बताए।
एयरपोर्टमा भएको भ्रष्टाचारीहरुलाई कारवाहीको दायरामा नल्याएसम्म आफुहरुको आन्दोलन जारी रहने बताए।कार्यक्रममा पूर्व राज्य मन्त्री तथा नेपाली काँग्रेसका नेता महादेव गुरुङ लगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार