कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार २१:३१:३३
२२ वैशाख, वालिङ (स्याङ्जा) । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले अग्नि प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।
उपसभापति गुरुङले आज स्याङ्जाको चापाकोट नगरपालिका–१ का मैदान र बीरडाँडाका अग्निपीडित पाँच घरपरिवारका अवस्था बुझ्नुका साथै आर्थिक सहयोग गरेका हुन् ।
आगलागीका कारणघरबारविहीन भएका जनताको घरमा पुगेर पूर्वमन्त्री गुरुङले प्रतिपरिवार रु १० हजारका दरले आर्थिक सहयोग गरेका हुन् । “घरवारविहीन भएका नागरिकको अवस्था बुझ्नका लागि घरदैलोमा आएको हुँँ”, उनले भने, “जनताको सुख दुःखमा जनप्रतिनिधिसँगै भएको महसुस दिलाउन अग्नि प्रभावित गाउँमा पुगेको हुँ, पहिलो चरणमा मैले पाउने मासिक पारिश्रमिकबाट सानो रकम सहयोग गरेको छु ।”
अग्नि प्रभावित मैदान र बीरडाँडाका पाँच घर आगोका कारण पूर्णरुपमा क्षति भएको थाहा पाएपछि नागरिकलाई सान्त्वना प्रदान गर्न र आगामी योजना बनाउने उद्देश्यसहित प्रभावित गाउँको स्थलगत अवलोकन गरेका हुन् ।
“आफ्ना नागरिकलाई साह्रो गाह्रो पर्दा नै हो जनप्रतिनिधिले सहयोग गर्ने हो”, उनले भने, “नागरिकको वास्तविक पीडाका बारेमा उहाँहरुकै घर दैलोमा पुगेर बुझेर आएको छु, अब उहाँहरुको पुनःव्यवस्थापनका विषयमा म गम्भीर छु, अगाडि बढ्छु ।”
चापाकोट–१ मैदानका अग्निपीडित हिमबहादुर सारु मगरले घटना घटाउने मान्छेको पहिचान गरी कारबाहीको माग गरे । “हामीले जिताएर पठाएको जनप्रतिनिधि हजुर नै हो, म त बेघर भएँ” मगरले भने, “आगामी दिनमा म जस्तै बेघर अरु कोही पनि नहुन्, त्यसका लागि जो कोही भए पनि खोजी गरी कानुनी दायरामा ल्याउनैपर्छ ।”
आफू बस्दै आएको घर खरानी हुनुको पीडा भोग्नेलाई मात्रै थाहा हुने भन्दै उनले आगामी दिनमा यस्ता क्रियाकलाप दोहोरिन नदिनका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए ।
सम्पास सामुदायिक वनमा लागेको आगो फैलिँदै आउँदा वनभन्दामाथि रहेका मैदान र बीरडाँडाका पाँच घर तथा गोठ जल्दा पशुचौपाया, अन्नपात, भाँडाकुँडा जलेर नष्ट भएको हो । गत सोमबार मैदानका तीन घर तथा मङ्गलबार बीरडाँडाका दुई घरमा आगलागी हुँदा लाखौँका क्षति भएको थियो ।
मैदानमा गत सोमबार साँझ ५ बजे हिमबहादुर सारु मगर, तेजकुमारी सारु मगर र चन्द्रकुमारी सारु मगरको घर गोठ पूर्णरुपमा जलेर नष्ट भएको थियो । भोलिपल्ट मङ्गलबार दिउँसो २ बजे घरमुनी जङ्गलबाट आएको आगोले बीरडाँडाका सेतीमाया सिँजाली र खमानसिंह सिँजालीको घर गोठ जलेर खरानी भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार