एक सयको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारतले राख्यो चासो
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार ९:२८:२४
२३ वैशाख, काठमाडौं । गत बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले एक सय रुपैयाँको नेपाली नोटमा नक्सा परिवर्तन गर्ने भन्दै गरेको निर्णयले नेपाल र भारतबीच सम्बन्धमा फेरी चिसोपना आउने देखिएको छ । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्न गरेको निर्णयमा भारतले असन्तुष्टि जनाएको छ ।
सीमा विवाद कायम रहेको र यसलाई समाधान गर्ने विषयमा दुई देशबीच कूटनीतिक वार्ता चलिरहेको सन्दर्भमा नेपालले एकलौटी निर्णय गरेको भारतको भनाइ छ । नेपालले २०७७ सालमा जारी गरेको नयाँ चुच्चे नक्सा एक सयको नोटमा राख्ने निर्णय गरेको छ । यो निर्णयलाई भारतले सीमासँग जोडिएको विषय भनेको छ ।
तत्कालीन नेकपा नेतृत्वको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा सर्वदलीय सहमतिबाट चुच्चे नक्सा जारी भएको थियो । २०७७ सालमा लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी भएपछि भारत नेपालको सम्बन्धमा तनाव आएको थियो । भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।
नेपाल सरकारको यो निर्णयप्रति भारतीय विदेशमन्त्री एस जयशंकरले यो विषय सीमा विवादसँग जोडिएको र नेपालको एकतर्फी निर्णय भएको बताएका छन् । नोटमा नयाँ नक्सा राख्ने निर्णयले धरातलीय यथार्थ नबदलिने धारणा भारतको भएको उनले बताएका छन् । विदेशमन्त्री जयशंकरले भारतको धारणा स्पष्ट रहेको र नक्सा परिवर्तन भए पनि धरातलीय यथार्थ परिवर्तन नहुने भनाइ राखेका छन् ।
नोटमा नयाँ नक्सा राख्ने कुरा सीमासँग सम्बन्धित रहेको र यसबारे दुई देशबीच स्थापित संयन्त्रमा छलफल भइरहेका बेला नेपालले एकतर्फी निर्णय आउनु आश्चर्यको विषय भएको भारतको भनाइ छ । २०७७ पछि विग्रीएको नेपाल भारत सम्बन्ध विस्तारै सुधारिँदै आएको थियो । अब फेरी भारतले नेपालको नोटमा राखिने नयाँ नक्सालाई लिएर प्रश्न उठाउन थालेको छ ।
नेपाल सरकारको यो निर्णयलाई लिएर अहिले भारतीय मिडियाहरुले चासोका साथ प्रसारण गरिरहेका छन् । नेपालले फेरी नक्साको कुरा उठाएर भारतसँग जोरी खोजेको टिप्पणी उनीहरुको छ । राजनीतिक दल र कूटनीतिक तहमा यसलाई उचाल्ने काम भारतीय मिडियाले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
सानेपामा कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक
पुष १, २०८१ सोमबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको भने भाउ घट्यो
मंसिर ३०, २०८१ आइतबार
नेपाल–चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै
पुष १, २०८१ सोमबार
सवारीसाधन व्यवस्थापनका लागि ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा
पुष १, २०८१ सोमबार
ईसीबीले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिने लेगार्डको भनाइ
पुष १, २०८१ सोमबार
सोमबार ५१ अंकले घटेर २६३० मा बन्द भयो नेप्से, २१ करोडले घट्यो कारोबार रकम
पुष १, २०८१ सोमबार