रत्नपार्कमा उभिए पहिलो अन्तरिक्ष यात्री युरी गागरिन
इन्द्र रिजाल
बैशाख १२, २०७६ बिहिबार १७:७:२७
काठमाडौं । महानगरपालिकाले शङ्खपार्क ‘रत्नपार्क’ मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको छ ।
महानगरले गागरिनको ८५ औँ वार्षिकोत्सवको अवसरमा पारेर उनको अर्धकदको शालिक अनावरण गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्तरूपमा शालिक अनावरण गरेका हुन् ।
कार्यक्रममा कामपाका प्रमुख शाक्यले शङ्खपार्कलाई मनोरञ्जन लिने मात्र होइन अध्ययनका लागि पनि उपयुक्त हुने बताउँदै उनले रसियासँग नेपालको कुटनीतिक सम्बन्धबाट आपसी सिकाइ आदानप्रदान गर्ने मौका प्राप्त भइरहेको जानकारी गराए ।
प्रमुख शाक्यले आपसी हित र गागरिनको जीवनले जोडेको अन्तर्राष्ट्रिय सम्बन्धमा चर्चा गर्दै भने, “२७ बर्षको उमेरमा अन्तरिक्षको यात्रा गरेर ३४ बर्षको उमेरमा मृत्युवरण गरेका गागरिनको जीवन पद्धति युवा सशक्तिकरणको उदाहरण हो ।”
बृहत्तर विकासका लागि रसिया नेपाललाई प्रविधिमा सहयोग गर्न तत्पर रहेको भन्दै अन्तरिक्ष यात्री भिक्टोरले एकीकृत विकासमा यस्तो प्रकारको सहयोग उपयोगी हुने विश्वास व्यक्त गरे। साढे ६ फिट उचाइ र ५ फिट चौडाइमा निर्माण गरिएको अक्षले घेरेको पृथ्वी र त्यसको छेउमा ठड््याइएको स्तम्भमा गागरिनको कुम माथिको मूर्ति राखिएको छ । सो संरचना तयार पार्न करीब रु ३ लाख १५ हजार रूपैयाँ लागेको बताइएको छ ।
पहिलो अन्तरिक्ष यात्री गागरिनले सन् १९६१ अप्रिल १२ तारिखका दिन अन्तरिक्षको यात्रा गरेका थिए । त्यस यात्राका क्रममा उनले १०८ मिनेट पृथ्वीको परिक्रमा गरे । सन् १९३४ मार्च ९ मा रसियामा जन्मिएका गागरिनको सन् १९६८ मार्च २७ तारिखका दिन मृत्यु भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि
पुष १६, २०८१ मंगलबार
पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा फँडानी
पुष १६, २०८१ मंगलबार
‘बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियान’लाई प्रधानमन्त्रीको शुभकामना
पुष १६, २०८१ मंगलबार
आजदेखि बन्दीपुर भ्रमण वर्ष २०२५ शुभारम्भ
पुष १७, २०८१ बुधबार
नयाँ वर्षमा धेरै कामबाट टाढै रहनु, नत्र वर्षभर पछुताउनु पर्नेछ
पुष १७, २०८१ बुधबार
पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल
पुष १७, २०८१ बुधबार
भीम रावलले ओलीलाई दिए ३२ पेजको गाली, एक पेजमा राखे पार्टी खोल्ने योजनाः पूर्णपाठ
पुष १७, २०८१ बुधबार