गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्चमा
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार ११:३:५५
२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेस गण्डकी सरकार विरुद्ध फेरी सर्वोच्च अदालत जाने भएको छ । सोमबार कांग्रेसले सर्वोच्चमा रिट दायर गर्न लागेको हो । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नपुगी बहुमत घोषणा गरिएको र यो संविधान विपरीत भएको कांग्रेसले बताएको छ ।
आइतबार गण्डकीका सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सीटलाई बहुमत मानेर अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए । उनले अदालतको फैसला अनुसार ३० मत बहुमत हुने बताएका थिए । आफूसँग पनि मत हाल्न पाउने अधिकार रहेको सभामुखको जिकिर थियो ।
प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ तथा २ जना तटस्थ बसेका थिए । ३१ सीट बहुमतका लागि चाहिने गण्डकीमा सभामुखले ३० लाई नै बहुमत घोषणा गरेपछि कांग्रेस अदालत जान लागेको हो । कांग्रेसले उक्त घोषणा विरुद्ध आज सर्वोच्चमा रिट दायर गर्ने दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार