धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व संकलन
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार १४:३१:४३
२४ वैशाख, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले रु २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाले चालु आव २०८/८१ को साउनदेखि चैत मसान्तसम्म सो राजस्व सङ्कलन गरेको हो ।
सम्पत्ति करबाट रु दुई करोड ९१ लाख ५० हजार, भूमि कर रु ८२ लाख ८५ हजार, बहाल कर रु पाँच करोड ३७ लाख ८८ हजार, बहाल विरौटी कर रु ११ लाख ८७ हजार, सवारीसाधन कर रु चार लाख ३२ हजार र अन्य करबाट रु चार लाख ७८ हजार राजस्व सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए ।
उनका अनुसार सरकारी सम्पत्ति बहालबाट प्राप्त आय रु ६८ लाख पाँच हजार, अन्य सेवा शुल्कबाट रु २४ लाख ७९ हजार, शिक्षा क्षेत्रको आम्दानी रु १३ लाख ४४ हजार, पार्किङ शुल्कबाट रु ५२ लाख ९७ हजार, नक्सा पास दस्तुरबाट रु दुई करोड २७ लाख ७७ हजार, सिफारिस दस्तुरबाट रु एक करोड ३२ लाख २७ हजार राजस्व सङ्कलन भएको छ ।
त्यस्तै व्यक्तिगत घटना दर्ता दस्तुर रु १० लाख सात हजार, नाता प्रमाणित दस्तुर रु तीन लाख ६१ हजार, अन्य दस्तुरबाट सात लाख ५६ हजार, प्रशासनिक दण्ड जरिवानाबाट रु ४४ लाख ११ हजार, व्यवसायबाट रु तीन करोड १७ लाख २६ हजार, अन्य राजस्व रु चार करोड ९९ लाख ५२ हजार, बेरुजुबापत रु पाँच लाख ८६ हजार, सामुदायिक वनबाट प्राप्त आय रु ३२ हजार र विज्ञापन करबाट रु पाँच हजार राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।
करको दायरा बढ्दै जाँदा राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको शाखा प्रमुख ओझाको भनाइ छ । उनले भने, “प्रत्येक वर्ष करको दायरा बढ्दै जान्छ, आगामी आवमा पनि करको दायरा बढ्छ, तर करको दर भने यथावत् रहन्छ ।” गत आव २०७९÷८० मा उपमहानगरपालिकाले कूल रु २७ करोड ९२ लाख १५ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पुष ५, २०८१ शुक्रबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार