विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार १८:२०:४०
२४ वैशाख, काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । आज परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई पार्टीका अध्यक्ष डा सीके राउतले ज्ञापनपत्र बुझाउँदै प्रवासी नेपालीहरूलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका हुन् ।
प्रवासी नेपालीहरूले विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाको विषयमा गम्भीर भई अहिलेदेखि नै सोको तयारी गर्न गराउन पार्टीले आग्रह गरेको हो । ज्ञापनपत्रमा बुझाउँदै विभिन्न देशमा रहेका नेपालीहरूले राहदानी नवीकरण गर्न महिनौँसम्म कुर्नुपर्ने बाध्यता हटाउन आग्रहसमेत गरिएको छ ।
कर्मचारी थप्ने, राहदानी नवीकरण केन्द्र तथा शिविर तथा अनलाइन सेवा सञ्चालनसहितका उपाय अपनाएर राहदानी नवीकरणलाई छिटोछरितो बनाउन पनि ज्ञापनपत्रमा माग गरिएको छ ।
पार्टी सचिव बीपी साहले जनमत पार्टी सम्बद्ध प्रवासी जनमत सङ्घ र गैर आवासीय मधेसी सङ्घलाई पहिचान गर्न मातहतका दूतावास तथा नियोगलाई सर्कुलर जारी गर्न र सर्वपक्षीय बैठकमा सहभागी गराउन आग्रह गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार
चिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार