राजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार २१:३३:४६
२४ वैशाख, वासिङ्टन डीसी । विश्व प्रेस स्वतन्त्रता दिवस अथार्त मे ३ मा अमेरिकाको डीसी मेट्रो क्षेत्रमा अवस्थित अमेरिकाका लागि नेपाली दूतावासको कार्यालयमा राजदूत प्रा. श्रीधर खत्रीसँग नेपाल अमेरिका पत्रकार संघ 'नेजा' ले अन्तरक्रिया गरेको छ । साे अन्तरक्रियामा राजदूत प्रा. खत्रीले दूतावासले आफ्नो स्रोत र साधनले भ्याएसम्म सेवा प्रवाहमा विशेष ध्यान दिइरहेको बताए ।
अमेरिकामा रहेका समुदायले दूतावासप्रति शिविर सञ्चालन नगरेको भन्ने गुनासोको बारेमा पत्रकारहरूको तर्फबाट सोधिएको प्रश्नमा राजदूत प्रा. खत्रीले दूतावासमा पर्याप्त जनशक्तिको अभावले गर्दा समुदायको माग बमोजिम शिविर सञ्चालन गर्न नसकिएको स्वीकार गरे ।
प्रा. खत्रीले अन्य राज्यमा दूतावासले शिविर सञ्चालनका बारेमा तयारी गरिरहेको बताए । राजदूत प्रा. खत्रीले आफ्नो समस्याका बारेमा दूतावासमा इमेलमार्फत सम्पर्क गर्न आग्रह गरे । यस्तै, राजदूत प्रा. खत्रीले नेजा र नेजामा आबद्ध पत्रकारहरूले नेपाल र नेपाली डायस्पोरालाई जोड्नका निम्ति खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै प्रवासमा रहेका व्यक्तिहरूले नेपालमा गरिरहेको सहयोगका सन्दर्भमा पनि रिपोर्टिङ गर्न आग्रह गरे ।
साे अन्तरक्रियामा नेजाका संस्थापक अध्यक्ष गिरीश पोख्रेल, अध्यक्ष सुरज भण्डारी, उपाध्यक्ष सुजन पण्डित, महासचिव बाबुराम दाहाल, पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी, डीसी मेट्रो संयोजक हरिमाया काफ्ले, नेजाको अनुशासन समिति संयोजक, आजीवन सदस्य एवं सतीश चापागाईं, नेजा सदस्य सागर घिमिरे लगायतको टोली सहभागी थियो । अन्तरक्रियामा दूतावासको तर्फबाट इकोनोमिक काउन्सिलर युवराज पाण्डे र द्वितीय सचिव उत्तम घिमिरेको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेइजिङमा प्रार्थना सभा गरी बुद्ध जयन्ती मनाइयो
जेठ ११, २०८१ शुक्रबार
आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा नतिर्दा के हुन्छ अमेरिकामा ?
जेठ १०, २०८१ बिहिबार
डिभी परेर अमेरिका जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् सपना पुरा
जेठ ९, २०८१ बुधबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार