चन्द्रपुरमा मोटरसाइकल चोरको बिगबिगी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार १०:१९:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/thief_FVTjGLZIUd_VUdFolZvM5.jpg)
२५ वैशाख, रौतहट । रौतहटको चन्द्रनिगापुरबाट दैनिक रूपमा मोटरसाइकल चोरी हुने क्रम बढ्दै गएको छ । विगत एक हप्तादेखि दैनिक एउटा मोटरसाइकल चोरी हुँदै आएको स्थानीय बासिन्दाले बताएका छन् ।
पहिलाको तुलनामा मोटरसाइकल चोरीका घटनामा केही कमी आएको भएपनि पछिल्लो समय आएर चन्द्रनिगापुर क्षेत्रबाट दैनिक रुपमा मोटरसाइकल चोरीका घटना हुन थालेका हुन् ।
तीन दिन पहिला चन्द्रपुर ८ सन्तपुरबाट एउटा मोटरसाइकल हराएको थियो भने, आइतबार चन्द्रनिगाहपुरको व्यस्त क्षेत्र नेपाल बैंक अगाडिबाट एउटा मोटरसाइकल हराएको थियो । विगत एक हप्तादेखि चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानबाट दैनिक एउटा मोटरसाइकल चोरी हुँदै आएको छ ।
प्रहरीको फितलो गस्तीका कारण दिनदाहाडै बजार क्षेत्रबाट मोटरसाइकल चोरीका घटना बढ्दै जान थालेका कारण यसतर्फ प्रहरीले आफ्नो सक्रियता बढाउनुपर्ने चन्द्रनिगापुरका स्थानीय बासिन्दा अनन्त अधिकारीको भनाइ रहेको छ ।
चन्द्रपुर नगरपालिकाले नगरका मुख्य चोकहरूमा सिसिटिभी क्यामेरा जडान गरेको बताए पनि पछिल्लो समय मोटरसाइकल चोरीका घटनामा संलग्नहरु सिसिटिभीको अगाडि फेला पर्न सकेको छैनन् । चन्द्रपुर नगर क्षेत्रबाट चोरी भएका मोटरसाइकलहरू चोर समूहले बारा जिल्लाको कोल्बी लगायतका स्थानमा लगेर काटेर बेच्दै आएको जानकारहरूको भनाइ रहेको छ ।
स्थानीयले प्रहरीको फितलो बस्तीका कारण चन्द्रपुर क्षेत्रमा दैनिक जसो चोरीका घटना बढेको भन्दै गुनासो गर्दै आएका छन् । विगत एक हप्तादेखि दैनिक रूपमा एउटा मोटरसाइकल चोरी हुँदै आएकोमा प्रहरीले चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयले त्यसको विरोध गरेका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले चोरीमा संलग्न गिरोहको खोजी कार्य भइरहेको र उनीहरू चाँडोभन्दा चाँडो प्रहरीको फन्दामा पर्ने बचाएको छ । केही महिना रोकिएको मोटरसाइकल चोरीका घटना पछिल्लो समय आएर पुन बढ्न थालेपछि स्थानीय बासिन्दाहरु त्रसित बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
रुख कटान गरेको आरोपमा २ जना पक्राउ
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
सोविता गौतम र सुमना श्रेष्ठलाई बोल्न नदिएकोबारे सभामुखको प्रष्टीकरणः स्टन्टबाजी भयो
फागुन ६, २०८१ मंगलबार
शपथ खाएर झुटो बोलेको भन्दै सिंगापुरका सांसदलाइ १४ हजार डलर जरिवाना
फागुन ६, २०८१ मंगलबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार