यादव नेतृत्वको जसपा संसदीय दलको बैठक आज
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार १०:२६:२३
२५ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष तथा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव स्वदेश फर्किएपछि दलको बैठक बस्न लागेको हो । अध्यक्ष यादवले भ्रमणको बेला कतारबाट फोन गरेर संसदीय दलको बैठक बोलाएका थिए ।
संयुक्त राष्ट्र संघीय जनसंख्या तथा विकास आयोगको ५७ औँ बैठकमा भाग लिएर अमेरिकाबाट यादव स्वदेश फर्किसकेका छन् । उनी विदेशमा रहँदा जसपा नेपालबाट अलग भई अशोक राईसहितका नेताले नयाँ दल दर्ता गराएका छन् । पार्टी विभाजनसहित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न मंगलबार केन्द्रीय कार्यालय बालकुमारीमा जसपा नेपालको संसदीय दलको बैठक बस्न लागेको हो ।
सोमबार अशोक राईको नेतृत्वमा दर्ता भएको नयाँ दलले प्रमाणपत्र पाएको छ । निर्वाचन आयोगले जसपा नेपालबाट विभाजित भई बनेको जनता समाजवादी पार्टीलाई दर्ताको प्रमाणपत्र दिएको हो । राईले प्रतिनिधिसभाका सात सांसदसहित आइतबार दल दर्ताको निम्ति आयोगमा निवेदन दिएका थिए ।
उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालका १२ प्रतिनिधिसभा सदस्यमध्ये ७ सांसदले नयाँ दल दर्ताका लागि हस्ताक्षर गरेका थिए । निवेदन दिइएको २४ घण्टा नबित्दै आयोगले दल दर्ता गर्दै प्रमाणपत्र दिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाइने संसदीय छानबिन समितिको टीओआरमा सहमति
जेठ १५, २०८१ मंगलबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
बजेटको आकारअनुसार शिक्षामा बढेन लगानी
जेठ १५, २०८१ मंगलबार
सार्वजनिक खर्चलाई प्रतिफलमुखी बनाउन मितव्ययिता अपनाइने
जेठ १५, २०८१ मंगलबार
विभिन्न क्षेत्रमा लाग्दै आएको करका दरबारे के भन्छ बजेट ?
जेठ १५, २०८१ मंगलबार
बजेट हावादारी भयो, सुधारका कार्यक्रम देखिएनः कांग्रेस
जेठ १५, २०८१ मंगलबार
बजेटमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य
जेठ १५, २०८१ मंगलबार
सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने
जेठ १५, २०८१ मंगलबार