उपेन्द्रले अब प्रधानमन्त्रीलाई साथ दिन्छन कि छोड्छन ?
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार ११:१७:३७
२५ वैशाख, काठमाडौं । आफू देशमा नरहेका बेला पार्टी विभाजन भएपछि अलमलमा परेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र उनी बीचको छलफलमा प्रधानमन्त्रीले परिस्थिति अचानक बदलिएको बताएका थिए । जसपा विभाजन हुने कुरामा आफूले जानकारी नपाएको र अचानक फुटेको कुरा सार्वजनिक भएको बताएका थिए । आफू नभएको बेला सत्ता पक्षले नै पार्टी फुटाएको गुनासो उपेन्द्रले गरेका थिए ।
फुटेर गएको समूहलाई निर्वाचन आयोगले हतारमा मान्यता दिएको र दल दर्ता प्रक्रिया अगाडि बनाएको भन्दै उनले आपत्ति जनाएका थिए । दल दर्ता सम्बन्धी कानुन नै नभएको अवस्थामा आयोगले दल दर्ता गर्नु संविधान विपरीत भएको यादवले बताएका थिए ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार प्रधानमन्त्रीले जे भएपनि मिलेर जानुपर्ने बताएका थिए । यादवले भने पटक पटक सत्ता समीकरण भित्रबाटै आफूमाथि आघात भएको बताएका थिए । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने यादवलाई सरकारबाट हटाएर नयाँ दललाई सहभागी गराउने तयारी गरिरहेको बुझिएको छ ।
आजको भेटमा उपेन्द्र यादवले सरकारमा रहने वा छोड्ने भन्ने विषयमा कुरा नभएको स्रोतको भनाइ छ । पार्टी फुटेपछि गए राति मात्र स्वदेश फर्किएका यादवले लगत्तै प्रधानमन्त्रीसँग भेट गरेका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका यादव पार्टी विभाजनपछि सरकारमा सहभागी हुने या नहुने बारे परामर्शमा छन् । यादवले आजै पार्टीका नेताहरूसँग विभाजनका विषयमा छलफल गर्ने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार