अनन्या बिर्लाले संगीत छाडेर अब पूर्णरुपमा व्यवसायमा ध्यान केन्द्रित गर्ने
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार १२:५१:२८
२५ वैशाख, काठमाडाैं । आदित्य बिर्ला ग्रुपका अध्यक्ष कुमार मंगलम बिर्लाकी छोरी अनन्या बिर्लाले अब पूर्णरुपमा व्यवसायमा ध्यान केन्द्रित गर्ने निर्णय गरेकी छन् । भारी मनका साथ आफ्नो मनपर्ने शौक संगीत छाडेर अब पूर्णरुपमा व्यवसायमा ध्यान लगाउने उनले बताइन् । व्यापार र संगीत दुवैलाई सँगै समय दिन गाह्रो हुन थालेपछि उनले आफ्नो ऊर्जा व्यवसायलाई अगाडि बढाउनमा केन्द्रित गर्ने भएकी हुन् ।
अनन्या बिर्लाले यो आफ्नो जीवनको सबैभन्दा कठिन निर्णय भएको बताइन् । तर, व्यवसायलाई अगाडि बढाउनु आवश्यक भइसकेको थियो । दुई तरिकामा ध्यान केन्द्रित गर्न असम्भव थियो। यससँगै उनले आफ्नो सांगीतिक करियरलाई अलविदा गरेकी छन् ।
अनन्या बिर्लाले सोशल मिडिया प्लेटफर्म एक्समा लेखेकी छिन्, 'कि उनले संगीत र व्यवसाय सँगै चलाउन समस्याको सामना गरिरहेकी छिन्। संगीत छाड्न कति गाह्रो हुन्छ भन्न सक्दिन। सबैले मलाई दिनुभएको मायाको लागि धन्यवाद।'
अनन्या बिरलाले विगत केही वर्षमा मैले बनाएको संगीत तपाई सबैलाई मन परेको बताइन् । सायद एक दिन तपाईलाई तपाईका मानिसहरूले बनाएको अंग्रेजी संगीत मनपर्नेछ। हाम्रो देशमा धेरै प्रतिभा छ । पुन: एक पटक धन्यवाद। अहिले संगीतलाई बिदाइ गर्ने सही समय हो। अनन्या बिर्ला प्लैटनियम अवार्ड प्राप्त गर्ने भारतको पहिलो संगीत कलाकार थिइन्।
कुमार मंगलम बिरलाकी जेठी छोरी अनन्या बिर्लाले माइक्रोफाइनान्स कम्पनी स्वतन्त्र माइक्रोफिन र डिजाइन हाउस युनिट असाई स्थापना गरेकी थिइन् । गत वर्ष उनी आदित्य बिर्ला समूहको कम्पनी ग्रासिम इन्डस्ट्रिजको बोर्डमा पनि सञ्चालक बनेका थिए । अनन्याले सन् २०१६ मा आफ्नो संगीत करियर सुरु गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित !
जेठ १३, २०८१ आइतबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
सुपरहिट फिल्म बोर्डरको सिक्वेलको तयारी सुरु
जेठ ११, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
दलित समुदायलाई पहिलोपटक बजेट
जेठ १५, २०८१ मंगलबार
श्रीलङ्काले यस वर्ष ‘अन्तर्राष्ट्रिय नरिवल सामुदायिक कार्यक्रम’ आयोजना गर्ने
जेठ १५, २०८१ मंगलबार