एकै परिवारको तेस्रो पुस्ताले मोरङ उद्योग व्यापार संघको कार्यभार सम्हाल्दै, अध्यक्षमा अनुपम राठी निर्विरोध
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार १४:३७:०
२५ वैशाख, विराटनगर । उद्योग वाणिज्य महासंघपछि कै बलियो संगठन मानिने मोरङ उद्योग व्यापार संघको ६७ औं वार्षिक साधारणसभाले उद्योगी अनुपम राठीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । हिजो वैशाख २४ गते सोमबार मोरङ उद्योग व्यापार संघ (साविकः मोरङ व्यापार संघ) को ३४ औं कार्यसमिति सदस्यहरूको निर्वाचन निर्विरोध रुपमा सम्पन्न भएको हो । अध्यक्षमा निर्विरोध निर्वाचित युवा उद्योगी एवं व्यवसायी राठी प्रतिष्ठित 'एके राठी ग्रूप'का तेस्रो पुस्ताका उत्तराधिकारी हुन ।
दुई वर्षको कार्यकाल हुने संघको कार्यसमितिमा उनले सोमबार नै अध्यक्षको पदभार ग्रहण गरेका छन् । उनका हजुरबुबा आशकरण राठी २०३८ देखि ०४० सम्म तथा बुबा नन्दकिशोर राठी २०४९ देखि ०५१ सम्म मोरङ उद्योग व्यापार संघको अध्यक्ष बनेका थिए ।
हिजो सम्पन्न साधारणसभामा संघको विधान र नियमावली अनुसार वाणिज्य तर्फ ८ जना र उद्योग तर्फ ८ जना सदस्यको लागि निर्वाचन गर्नुपर्नेमा त्यही संख्याको मात्र उम्मेदवारी दर्ता हुन गएपछि सोही उम्मेदवारहरू संघको ३४ औं कार्य समितिका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
सो निर्वाचनबाट वाणिज्य क्षेत्रतर्फ अनिल कुमार साह, संजयकुमार श्रेष्ठ, शुशील सुराना, विवेक अग्रवाल, मनिषकुमार मारु, अनिल सारडा, राजेशकुमार अग्रवाल र दीपेश सुवेदी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै उद्योग क्षेत्रतर्फ देवाशिष गोल्छा, विनित सिंघानिया, अमित कुमार शारडा, अनुपम राठी, अमित राठी, आशिष जाजु, पवन राठी, विकास कुमार बेगवानी निर्विरोध निर्वाचित भएका छन् ।
संघको नवगठित ३४ औं कार्यसमितिको हिजै बसेको बैठकले पदाधिकारीहरुको समेत सर्वसम्मत चयन गरेको छ । संघको ३४ औं कार्यसमितिको अध्यक्षमा अनुपम राठी, वरिष्ठ उपाध्यक्षमा अनिल कुमार साह, वाणिज्य उपाध्यक्षमा अनिल सारडा, उद्योग उपाध्यक्षमा विकास कुमार बेगवानी, महासचिवमा संजय कुमार श्रेष्ठ, सचिवमा अमित कुमार शारदा, कोषाध्यक्षमा राजेश कुमार अग्रवाल तथा प्रवक्ताका रुपमा दीपेश सुवेदीलाई चयन गरेको छ ।
साथै, बैठकमा संघको नियम बमोजिम सम्बद्ध क्षेत्र (वस्तुगत) तर्फबाट गोपाल अग्रवाल र ओम प्रकाश शर्मा, संघका शाखाहरू तर्फबाट कृष्ण प्रसाद रिजाल र नवनिर्वाचित अध्यक्षबाट श्रीमती वन्दना जैन र धीरज मोहतालाई मनोनयन गरी २१ सदस्यीय कार्यसमिति गठन भएको छ । संघको नियम बमोजिम निवर्तमान अध्यक्ष नवीन रिजाल सो समितिको पदेन सल्लाहकार रहने भएका छन् ।
त्यसका अतिरिक्त, ३४ औं कार्यसमितिले विनोद बोहरा, डा. दीपेन्द्र नौलखा, पंकज गोयल र संजीव श्रेष्ठलाई आमन्त्रित सदस्यको रुपमा मनोनयन गर्नुका साथै संघको युवा उद्यम समितिको संयोजकमा अमित अग्रवाल र महिला उद्यम समितिको संयोजकमा श्रीमती श्रुती शर्मालाई मनोनयन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार