वाणिज्य बैंकमा सर्वाधिक खराब कर्जा लक्ष्मी सनराइज बैंकको, वित्तीय अवस्था दिन प्रतिदिन खराब हुँदै
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार १५:५६:३३
२५ वैशाख, काठमाडौं । नेपालका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै खराब कर्जा अनुपात लक्ष्मी सनराइज बैंकको रहेको छ । अरु सबै वाणिज्य बैंकहरुको खराब कर्जा ५ प्रतिशत भन्दा कम नै रहेकोमा लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५ प्रतिशत माथि पुगेको हो । मर्जर पश्चात् लक्ष्मी सनराइज बैंकको वित्तीय अवस्था दिन प्रतिदिन डामाडोल अवस्थामा पुगेको छ । खराब कर्जाले बैंकलाई समस्या देखिन थालेको छ ।
बैंकको वितरण योग्य मुनाफा १ अर्ब २४ करोड ऋणात्मक रहेको छ । खराब कर्जा ५ प्रतिशत माथि र तेस्रो त्रैमाससम्म वितरण योग्य मुनाफा ऋणात्मक हुँदा बैंकका शेयरधनी आगामी वर्ष निराश हुने सम्भावना बढेर गएको देखिन्छ ।
यस बैंकको संचालक समितिको अध्यक्ष रिक्त भएको पनि धेरै समय भइसकेको छ । सधैं लफडै मात्र परिरहने लक्ष्मी सनराइज बैंकमा यतिबेला अध्यक्ष पद बेवारिसे बन्न पुगेको छ । गत पुस २६ गते सम्पन्न बैंकको २३ औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट रमण नेपाल र मनोजकुमार भट्टराई तथा सर्वसाधारण शेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको थियो । निर्वाचन पश्चात् सोही दिन हतारमा बसेको सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
तर नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई बैंकको अध्यक्ष हुन रोकेको छ । नियामक निकाय राष्ट्र बैंकले नेपाललाई अध्यक्षका लागि तत्काल अयोग्य भन्दै तत्काल काम नगर्न निर्देशन दिएको हो ।
बैंकले बैंक तथा वित्तीय संस्था ऐन बमोजिम नयाँ सञ्चालक तथा अध्यक्षहरूको जानकारी राष्ट्र बैंकलाई गराएको भएपनि नेपाललाई तत्काल अध्यक्ष बन्न कानुनतः नपाउने भन्दै शपथ खुवाउन अस्वीकार गरेको हो । राष्ट्र बैंकले उनीमाथि कुलिङ पिरियड लाग्ने भन्दै शपथ रोकेको बताएको छ । बैंकको स्वतन्त्र संचालकमा भने विद्या बस्न्यात रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ अजय विक्रम शाहदेखि डेपुटी सीईओमा सुमेद भट्टराई रहेका छन् । यसै गरी बैंकको विभागीय प्रमुखहरूमा आरती राज्यलक्ष्मी राणा, अमित सिंह कार्की, अपाच कुमार यादव, भारती पाण्डे, भूपाल राई, दीपेश अमात्य, जीवन प्रकाश लिम्बु, मनिषराज कुँवर, मनोहर राज उप्रेती, पियुषराज अर्याल र राजीव सापकोटा छन् ।
यो बैंकले आफ्ना अध्यक्षको तस्वीर समेत आफ्नो वेबसाइटमा राख्न कन्जुस्याइँ गरेको छ भने बैंक उच्च व्यवस्थापनमा रहेका सीईओदेखि उच्च पदस्थ कर्मचारीहरूको फोटो पनि सार्वजनिक गरेको छैन । अझ सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूको परिचय पनि बैंकले लुकाएको छ । त्यस्तै उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरूको विवरणसमेत बैंकले लुकाएको छ ।
लक्ष्मी सनराइज बैंक लिमिटेडको आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् ९ महिनाको अवधिमा बैंकले १ अर्ब ६१ करोड खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब २६ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफा २७.७० प्रतिशत बढेको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब १९ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ८ अर्ब ५३ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानी १०३.४९ प्रतिशत बढेको छ । त्यस्तै, संचालन मुनाफा ११.७८ प्रतिशत बढेर २ अर्ब २३ करोड पुगेको छ । गत वर्षको तेस्रो त्रैमाससम्ममा संचालन मुनाफा १ अर्ब ९९ करोड थियो।
प्रतिशेयर आम्दानीः
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९.२९ रुपैयाँ हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी १४.६१ रुपैयाँ थियो । प्रतिशेयर आम्दानी पनि उल्लेख रुपमा घटेको छ ।
वितरण योग्य मुनाफाः
कम्पनीको वितरण योग्य मुनाफा १ अर्ब २४ करोड ८४ लाख ऋणात्मक रहेको छ । गत आर्थिक वर्ष वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ५८ लाख थियो।
निक्षेप, कर्जाः
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ खर्ब ११ अर्ब निक्षेप संकलन गरी २ खर्ब ४९ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ५.१९ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ०.७३ प्रतिशतले बढेको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष २०.३९ प्रतिशतले बढेर १७ अर्ब ८४ करोड पुगेको छ भने संचित मुनाफा १ अर्ब २४ करोड ऋणात्मक छ ।
किताबी मूल्यः
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १७१.५९ रुपैयाँ आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा वृद्धि हुँदै ५.४९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा खराब कर्जा १.८२ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर घट्दै ९.१२ प्रतिशत पुगेको छ । स्प्रेडदर ४.४१ प्रतिशत छ । गत आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४.१९ प्रतिशत थियो ।
ठूला शेयरधनीः
आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको सबैभन्दा ठुलो शेयरधनीमा लक्ष्मी कर्प नेपाल प्रा.लि. रहेको छ । बैंकमा लक्ष्मी कर्प नेपालको ७ दशमलव ७८ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
बेनी बजारको घना बस्ती
जेठ १६, २०८१ बुधबार
अग्ला हिमालको सुरक्षा चुनौति बनिरहेको छः प्रधानमन्त्री
जेठ १६, २०८१ बुधबार
‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’
जेठ १६, २०८१ बुधबार
भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी हुँदै
जेठ १६, २०८१ बुधबार
७१ औँ अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा प्रभातफेरी [ फोटोफिचर ]
जेठ १६, २०८१ बुधबार
न्यायाधीश सुवेदी र शर्माको इजलासमा पर्यो कोशी सरकारविरुद्धको रिट
जेठ १६, २०८१ बुधबार