सभामुखको बैठकमा कांग्रेसले भन्यो, ‘सरकारी वकिलको अभियोग पत्रमा गृहमन्त्रीको नाम किन राखियो त ?’
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार १५:५३:३७
२५ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मंगलबार बोलाएको शीर्ष नेताहरूको बैठकमा सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउने कुरामा निकै बेर बहस भएको छ । समिति बनाउँदा गृहमन्त्री रवि लामिछानेको नाम किन राख्ने भन्ने विषयमा चर्काचर्की नै भएको थियो । गृहमन्त्री रविले कांग्रेसको मागको प्रतिकार गर्न खोजेका थिए ।
लामिछानेले आफूविरुद्द छानबिन समिति बनाउने कुनै आधार नभएको बताएका थिए । महान्यायाधिवक्ता कार्यालयले नै मेरो विरूद्व केही छैन भनेपछि छानबिन समिति बनाउने आधार नै नभएको बताएपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारी वकिल कार्यालयको अभियोग पत्रमै गृहमन्त्रीको नाम पटक–पटक उल्लेख छ, अनि छानबिन नगर्ने भन्दै प्रश्न गरेका थिए ।
उनले सरकारी वकिल कार्यालयको अभियोग पत्रमै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम पटक–पटक उल्लेख भएको भन्दै उनीमाथि छानबिन नहुने गरी बनाइने समितिको अर्थ नहुने बताए । बैठकपछि पनि लेखकले रुपन्देही सरकारी वकिलको कार्यालयले गृहमन्त्री लामिछानेले पटक–पटक ऋण लगेको अभियोग पत्रमा उल्लेख भएको कुरा आफूले उठाएको बताए ।
उनले भने, ‘रुपन्देही जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले पेस गरेको अभियोगपत्रमा एक ठाउँमा मात्र होइन, ठाउँठाउँमा माननीय रवि लामिछानेको नाममा ऋण गएको उल्लेख गरिएको छ । कुनै पनि प्रक्रिया नपुगेको, बिना प्रक्रिया ऋण लगानी गरेको अभियोग पत्रमा भनिएको छ । अनि, कुनै पनि पक्रिया नपुर्याएर ऋण गएको सरकारी वकिल कार्यालयले भन्दा भन्दै पनि छानबिन नहुनुपर्ने भन्ने हुन्छ ? लेखकले भने ।
उनले ऋण प्रवाह हुँदा रवि लामिछाने गोर्खा मिडिया नेटवर्कको सञ्चालक, प्रबन्ध निर्देशक रहेको भन्दै सर्वसाधारणको अर्बौं रुपैयाँ अपचलन भएको र सबै कोणबाट त्यसमा गृहमन्त्रीको पनि संलग्नता रहेको देखिएको दाबी गरे । सरकारले सहकारी पीडितको कुरालाई गम्भीरतापूर्वक नलिएर, सहकारी पीडितको समस्या सम्बोधन नगरेर, राज्यका विभिन्न संयन्त्रहरूलाई दुरुपयोग गरिरहेको सभामुखसँगको छलफल उठाएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधि सभाले बनायो सूर्य थापाको संयोजकत्वमा सहकारी ठगी छानबिनको संसदीय समिति
जेठ १५, २०८१ मंगलबार
सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाइने संसदीय छानबिन समितिको टीओआरमा सहमति
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
दलित समुदायलाई पहिलोपटक बजेट
जेठ १५, २०८१ मंगलबार
श्रीलङ्काले यस वर्ष ‘अन्तर्राष्ट्रिय नरिवल सामुदायिक कार्यक्रम’ आयोजना गर्ने
जेठ १५, २०८१ मंगलबार
नासाको मिसनद्वारा शुक्र ग्रहमा ज्वालामुखी विष्फोट पत्ता लाग्यो
जेठ १५, २०८१ मंगलबार