‘पूजार सार्की’को ट्रेलर सार्वजनिक
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार १८:३१:५६
२५ वैशाख, काठमाडौं । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरले अन्तरजातीय प्रेमले निम्त्याउने घटनालाई देखाउन खोजिएको छ ।
फिल्ममा आर्यन सिग्देलको कथित तल्लो जातकी अञ्जना बराइलीसँग माया बस्ने, कथित तल्लो जातका मैतबहादुर अर्थात् प्रदीप खड्का भने गुरुङ युवती परीक्षा लिम्बूको प्रेममा परेको देखाइएको छ । त्यस्तै फिल्ममा पल शाह भने जात व्यवस्थाविरुद्ध विद्रोह गर्नुपर्छ भन्ने पक्षमा देखाइएको छ ।
आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । विकास सुवेदीको लेखन रहेको फिल्मलाई संगीतकार समेत रहेका सुवास भुसालले निर्माण गरेका हुन् ।
राजेश श्रेष्ठको डिओपी रहेको फिल्मलाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’
मंसिर २१, २०८१ शुक्रबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार