वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एकजना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार २०:४१:५८
२५ वैशाख, वीरगञ्ज । पर्सा प्रहरीले स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित वीरगन्जबाट एक युवकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट आज एक जनालाई पक्राउ गरेको हो ।
वीरगन्जबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–०१० प ६७१९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर बस्ने २८ वर्षीय रवि कुमार पटेलको साथबाट स्रोत नखुलेको रकम फेला परेको हो ।
पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार पटेलले बोकेको कालो रंगको झोलाभित्र लुकाई छिपाई राखिएको एक हजार दरको नोट ८८९ थान (८ लाख ८९ हजार), पाँच सय दरको नोट ८५० थान (४ लाख २५ हजार) र एक सय दरको नोट १० थान (एक हजार) गरी जम्मा १३ लाख १५ हजार रकम बरामद गरिएको हो ।
साथै विभिन्न बैँकका खाली चेक ७ थान पनि बरामद गरिएको छ । पटेल विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार