जुत्ता र पोशाक किन्ने पैसा नहुँदा ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार ९:२८:५२
२६ वैशाख, मकवानपुर | मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय ६६ बालबालिकाले बीचमै पढाई छाड्नु परेको छ। राक्सिराङमा २०८० सालमा ६ हजार ९ सय २ विद्यार्थी भर्ना भएकोमा वर्ष बितिसक्दा ७ सय ६६ जनाले पढाई बीचमै छाडेका हुन्।
यस्तै, राक्सिराङ गाउँपालिका-५ चैनपुरस्थित प्रजा जागृति माध्यमिक विद्यालयमा समेत ३६ जना विद्यार्थीले बीचमै पढाई छाडेका छन्। उक्त विद्यालयमा २ सय ८२ विद्यार्थी भर्ना भएकोमा २ सय ४६ जना मात्र नियमित रूपमा विद्यालय निरन्तर गएको पाइएको छ।
विपन्न तथा जनजाति समुदायका बालबालिकाले गरिवीकै कारण पढाई बीचमै छाड्नु परेको छ। विद्यालयले भर्ना अभियान चलाइरहेको भए पनि कति विद्यार्थीले घरपरिवारको आर्थिक अवस्थाका कारण पढाई निरन्तरता गर्न नसकेको खुलेको छ।
राक्सिराङ गाउँपालिकाका एक विद्यार्थी रश्मि प्रजा भन्छिन्, "बाबुआमाले जुत्ता, विद्यालय पोशाक किन्न नसक्दा पोशाक मिलेन र विद्यालय गइँन ।" उनकी आमा बुवाले मुश्किलले कक्षा ९ मा भर्ना गर्न सफल भए पनि विद्यालय पोशाक किन्ने आर्थिक स्रोत नभएकाले अब के गर्ने भन्ने चिन्ता बाँकी नै रहेको बताइन्छ।
यसरी गरिबीका कारणले धेरै बालबालिकाको पढाइमा नराम्रो असर गरिरहेको छ। सरकारले नि:शुल्क शिक्षाको व्यवस्था गरे पनि नगदसहितको सहयोग उपलब्ध गराउन नसक्दा गरिब बालबालिका पढाइबाट बाहिरिने क्रम रोकिएको छैन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश पढ्न जाने नेपालीको संख्या बढ्दै, ५ महिनामा मात्रै ४७ अर्ब ३४ करोड खर्च
माघ ४, २०८१ शुक्रबार
यस वर्षको एसईई चैत ७ गतेदेखि सुरु हुने, यस्तो छ परीक्षा तालिका
माघ १, २०८१ मंगलबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी
माघ ७, २०८१ सोमबार
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
माघ ७, २०८१ सोमबार
अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश
माघ ७, २०८१ सोमबार
पूर्वमुख्यमन्त्री उद्धव थापा कुट्नेलाई कारवाही हुन्छ : गृहमन्त्री लेखक
माघ ७, २०८१ सोमबार
पोखरा महानगरमा कांग्रेसले लगायो ताला
माघ ७, २०८१ सोमबार
निर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार