तथ्यांक नआएको भन्दै मौद्रिक नीति समीक्षा अवधि बढाइयो, संशोधन भयो कार्यविधि २०७३
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार ११:८:४५
२६ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा अवधि बढाएर ४५ दिन पुर्याएको छ । यसअघि हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गरिँदै आएको थियो । राष्ट्र बैंकका अनुसार यसलाई सञ्चालक समितिबाट पारित गराउन बाँकी छ । यो पारित भएपछि वार्षिक मौद्रिक नीति हरेक आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनभित्र सार्वजनिक गरिनेछ ।
चैतसम्मको तथ्यांक विश्लेषण गरेर मौद्रिक नीति तर्जुमा मस्यौदा तयार हुने र त्यसमा व्यवस्थापन समिति र सञ्चालक समितिको छलफलपछि मात्र सार्वजनिक हुने राष्ट्र बैंकले जनाएको छ । बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि २०७३ संशोधन गरेर त्रैमासिक समीक्षा अवधि १५ दिन बढाएर ४५ दिन पुर्याएको हो । यद्यपि कति पय बैंकरहरुले भने मौद्रिक नीति समीक्षामा नीतिगत परिवर्तन गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
जेठ १५ मा बजेट आउने भएकाले तेस्रो त्रैमासमा सामान्य नीतिगत व्यवस्थाबाहेक अरु व्यवस्था परिमार्जन गर्नुपर्ने आवश्यकता थिएन । तेस्रो त्रैमासमा ठूलो नीतिगत परिमार्जनको सम्भावना नहुने भएकाले अत्यावश्यक बाहेक नयाँ विषय नयाँ मौद्रिक नीतिमार्फत आउँदा राम्रो हुने उनीहरुको सुझाव छ । यता, राष्ट्र बैंकले भने समयमा आवश्यक तथ्यांक तोकिएको समयमा नआउने भएकाले त्रैमासिक समीक्षा अवधि १५ दिन बढाउनु परेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार