कम्युनिस्टविरुद्ध लड्ने बेला आयो, तयार भएर बस्नु: देउवा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार १२:२४:१४
२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरूले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई प्रभावमा पारेर सत्ता कब्जा गर्ने रणनीति बनाएको बताएका छन् । कम्युनिष्टहरूको यो रणनीति असफल बनाउन कांग्रेस डटेर लाग्नुपर्ने उनको भनाए छ । उनले लडाइका लागि तयाार भएर बस्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
बुधबार बिहान गण्डकीका कांग्रेस सांसदहरुसँग भेटमा देउवाले कम्युनिस्टहरू सत्ता कब्जाको शैलीमा अगाडि बढेको र संवैधानिक निकाय निर्वाचन आयोगको भूमिकालाई विवादास्पद बनाएको देउवाले बताए । सांसद डिल्लीराम सुवेदीका अनुसार देउवाले कम्युनिस्टहरू सत्ता कब्जाको शैलीमा आएकाले कांग्रेसले सत्ता कब्जा गर्ने मनोविज्ञानसँग डटेर लड्नुपर्ने बताएका थिए ।
उनले कांग्रेसले स्थानीय तहदेखि सडक र सदनमा एक भएर लड्न तयार हुनुपर्ने भन्दै त्यही अनुसारको मानसिकता बनाएर कार्यक्रमहरु बनाउन आवश्यक भएको बताएका थिए । उनले अब देश भरका नेता र कार्यकर्तालाई तयारी अवस्थामा राख्नुपर्ने बताएका थिए । गण्डकीमा प्रदेश सरकारले विश्वासको मत लिनका लागि अदालतको फैसला अस्वाभाविक देखिएको भन्दै सांसदहरूले सभापतिसँग गुनासो राखेका थिए ।
सभामुख सहितको विश्वासको मतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई बहुमत पुगेको सभामुख कृष्ण धितालले घोषणा गरेका थिए । त्यसविरुद्ध मंगलबार कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको छ । न्यायीक लडाइका लागि सर्वोच्चमा गएको र राजनीतिक मोर्चाबाट पनि खबरदारी गर्नुपर्ने अवस्था रहेको आफूहरुले सभापतिलाई सुनाएको सुवेदीले बताए ।
गत आइतबार गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदा उनको पक्षमा परेको ३० मतलाई नै सभामुख कृष्णप्रसाद धितालले बहुमत घोषणा गरिदिएका थिए । त्यसका विरुद्ध कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्चमा रिट दर्ता गरेका छन् । रिटको पेसी बिहीबारलाई तोकिएको छ । यही विषमा छलफल गर्न पुगेका संसदसँग देउवाले कम्युनिष्टसँग लड्न तयार भएर बस्न निर्देशन दिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार